युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ « Khabarhub

युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ


२७ मंसिर २०७९, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीको राजविराज नगरपालिका–१० दिघवाबाट युरिया मलको कालोबजारी गरेको आरोपमा एकजना पक्राउ परेका छन् । स्थानीय चुल्हाइ दासका १९ वर्षीय छोरा राजकुमार दासलाई प्रहरीले ३५ बोरा मलसहित नियन्त्रणमा लिएको हो ।

उनले सञ्चालन गरेको किराना पसलमा युरिया मल खाद सरकारले निर्धारण गरेको मूल्यभन्दा बढी मूल्यमा लुकाइछिपाइ भण्डारण गरी बिक्री वितरण गर्दै गरेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले खानतलासी गर्दा किराना पसलमा नेपाल सरकारबाट अनुदानित रासायनिक मल अङ्कित खेती शक्ति मल लेखिएको ५० किलो युरिया मल र ३५ बोरा मलसमेत फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

दासलाई पक्राउ गरी कालोबजारअन्तर्गत मुद्दा दर्ता गरिएको प्रहरी नायब उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए । पहिलोपटक सात दिनको म्याद थपसमेतको अनुमति लिई घटना सम्बन्धमा थप अनुसन्धान कार्य भइरहेको उनले बताए ।

प्रकाशित मिति : २७ मंसिर २०७९, मंगलबार  १० : ५१ बजे

झापामा चाडपर्व सुरक्षा रणनीति : भीडभाडमा ड्रोनबाट निगरानी गरिने

झापा– चाडपर्वका बेला हुने भीडभाडको निगरानी गर्न झापामा ड्रोनसमेत प्रयोग

बाढीले क्षति पुर्‍याएका १८ झोलुङ्गे पुल मर्मतपछि सञ्चालनमा

काठमाडौं – भोटेकोशी नदीमा आएको बाढीले क्षति पुर्‍याएका १८ वटा

लगानी बोर्डले भन्यो – उपहार लिनेदिने कार्य स्वीकार्य छैन

काठमाडौं – लगानी बोर्डको कार्यालयले कर्मचारीले ठेकेदारबाट उपहार लिएको भन्ने

काठमाडौं महानगरपालिकामा ‘बाइक एम्बुलेन्स’ सेवा

काठमाडौं – काठमाडौं महानगरपालिकाले आकस्मिक स्वास्थ्य सेवाका लागि तालिमप्राप्त स्वास्थ्यकर्मीलाई

ट्रमा उपचार सेवालाई देशभर विस्तार गरिने

काठमाडौं – स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले ट्रमा उपचार