विश्व इतिहासमा आज : दोस्रो विश्वयुद्धमा शक्ति राष्ट्रको रणनीतिदेखि एलिजावेथ प्रथम बेलायतकी महारानी « Khabarhub

विश्व इतिहासमा आज : दोस्रो विश्वयुद्धमा शक्ति राष्ट्रको रणनीतिदेखि एलिजावेथ प्रथम बेलायतकी महारानी


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आज १४ जनवरी । आज विश्व इतिहासमा विभिन्न सामाजिक तथा राजनीतिक घटनाक्रम विकसित भएका थिए । प्रस्तुत छ इतिहासमा आज भएका केही घटनाक्रम :

युगोस्लाभियामा टिटो युगको सुरुवात

सन् १९५३ मा तत्कालिन तानाशाह जोसिफ ब्रोज टिटो युगोस्लाभियाको राष्ट्रपतिमा निर्वाचित भएका थिए । तानाशाह र सर्वसत्ताका बाबजुद उनलाई योगस्लाभियामा एकताका नायकको रुपमा चिनिएका थिए । टिटोलाई अझै पनि उनको उल्लेख्य योगदानका कारण धेरैले चिन्छन् ।

दोस्रो विश्वयुद्धमा अमेरिका, फ्रान्स र बेलायतको रणनीति

दोस्रो विश्वयुद्धको रणनीति तय गर्न बेलायतका प्रधानमन्त्री विन्स्टन चर्चिल, अमेरिकाका तत्कालिन राष्ट्रपति फ्रयांकलिन डी रुजुवेल्ट र फ्रान्सका तत्कालिन राष्ट्रपति चाल्स डी गाउलीबीच सन् १९४३ को १४ जनवरीमा एउटा भेट गरेका थिए । मोरक्कोको क्यासब्लाकमा भएको १० दिन लामो सो छलफलमा दोस्रो विश्व युद्धको समयमा युरोपको गठबन्ध फौजले शत्रु पक्षविरुद्ध रणनीति तय गरेको थियो । इतिहासमा यसलाई क्यासब्लाक सम्मेलन भनिन्छ ।

एलिजावेथ प्रथम बेलायतकी महारानी

सन् १५५९ मा एलिजावेथ प्रथम बेलायतकी महारानी घोषित भएकी थिइन् । भर्जिन क्विनसमेत नामले चिनिने उनी एन्नी बोलियान र राजा हेनरी आठौंकी छोरी हुन् ।

सडक प्रदर्शनपछि ट्युनिसियाका राष्ट्रपतिको राजीनामा

सन् २०११ मा ट्युनिसियाका राष्ट्रपति जिने अल अबिदिने बेन अलीले पदबाट राजीनामा दिएका थिए । गरिबी, बेरोजगारी, राजनीतिक दमनको विरोधमा उत्रिएको सर्वसाधारणको आमप्रदर्शनसामु उनी घुँडा टेक्न बाध्य भएका थिए ।

 

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ६ : २६ बजे

प्रधानमन्त्रीको काँधले सिंगो देशको भार थामिरहेको छ : रक्षा बम

काठमाडौँ । जेनजी अगुवा रक्षाम बमले देश निर्वाचन होमिएको र

प्रधानसेनापतिले भने : क्षेत्रीय सुरक्षाको अवस्था चुनौतीपूर्ण बन्दै गएको छ

काठमाडौं – प्रधानसेनापति अशोकराज सिग्देलले वर्तमान अन्तरराष्ट्रिय तथा क्षेत्रीय सुरक्षाको

माघ १० देखि काठमाडौं महानगरले सहिद सप्ताह सुरु गर्ने

काठमाडौं – काठमाडौं महानगरपालिकाले यही माघ १० गते शनिबारदेखि सहिद

आचारसंहिता उल्लंघन गरेपछि कोशीका मुख्यमन्त्रीलाई सोधियो तीन दिने स्पष्टीकरण

काठमाडौँ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मत कार्कीलाई स्पष्टीकरण सोधिएको छ

वार्षिक प्रतिवेदन नबुझाएसम्म सहकारी खारेजीका लागि अनुमति नदिने

काठमाडौं – काठमाडौं महानगरपालिकाले आफ्नो कार्यक्षेत्रमा सञ्चालनमा रहेको सहकारीलाई वार्षिक