इथोपियामाथि क्यामरुनको सहज जित « Khabarhub

इथोपियामाथि क्यामरुनको सहज जित


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अफ्रीका कप अफ नेसन्स फुटबलमा आयोजक क्यामरुनले इथोपियालाई ४-१ गोल अन्तरले पराजित गरेको छ।

ओलेम्बे स्टेडियममा बिहीबार राति भएको खेलमा इथोपियालाई हराउँदै क्यामरुनले दोसो जित निकालेको हो । आजको खेलसँगै आयोजक क्यामरुन अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ मा स्थान बनाउने पहिलो टोली बनेको छ ।

डावा होस्टेसा डुकेलेले सुरुआती एक गोल गरे पनि त्यसपछि क्यामरुनले लगातार ४ गोल गर्दै सहज जित निकालेको हो । क्यामरुन जित दिलाउन कार्ल टोको इकाम्बी र भिन्सेन्ट अबुबाकर दुई-दुई गोल गरेका थिए ।

पहिलो खेलमा क्यामरुनले बुरकिना फासोलाई २-१ गोल अन्तरले हराएको थियो । बुर्किना फासो र केप भर्रेडको २ खेलबाट ३ अंक रहँदा इथिओपिया बिना अंक पुछारमा छ ।

इथोपियाको यो लगातार दोस्रो हार हो । अंक विहीन इथोपिया पुछारमा रहेको छ । बिहीबार राति भएको खेलमा इथोपियालाई ४-१ गोल अन्तरले पराजित गर्दै एक खेल अघि नै प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो ।

समूहको अर्को खेलमा बुर्किना फासोलाई केप भर्र्डलाई १-० गोलले पराजित गरेको छ । समूह ‘ए’ को क्यामरुनको २ खेलबाट सतप्रतिशत जितसहित ६ अंक छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ६ : ३८ बजे

म्यान्मामा सैन्य हवाई आक्रमण, ११ सर्वसाधारणको मृत्यु

ढाका – म्यान्माको मध्यक्षेत्रमा पर्ने एक गाउँमा सेनाले गरेको हवाई

बागमती किनारमा दसैँको रौनक, लिङ्गे पिङमा रमाउँदै बालबालिका (तस्बिरहरू)

काठमाडाैं – कुपोण्डोलस्थित बागमती नदी किनारमा दसैँको उमङ्ग, लिङ्गे पिङ

अस्थायी मर्मतपछि दसैँमा सहज बन्दै बागलुङका सडक

बागलुङ – बाढीपहिरोले क्षति पुर्‍याएका बागलुङका राष्ट्रिय राजमार्गदेखि ग्रामीण सडकसम्म

करेन्ट लागेर महिलाको मृत्यु

ओखलढुङ्गा – ओखलढुङ्गाको चिशङ्खुगढी गाउँपालिका–१, कुमलटारमा करेन्ट लागेर ५४ वर्षीया

म्याग्दीको बेनी–दरबाङ सडक बन्द

म्याग्दी – म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला