इथोपियामाथि क्यामरुनको सहज जित | Khabarhub Khabarhub

इथोपियामाथि क्यामरुनको सहज जित


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – अफ्रीका कप अफ नेसन्स फुटबलमा आयोजक क्यामरुनले इथोपियालाई ४-१ गोल अन्तरले पराजित गरेको छ।

ओलेम्बे स्टेडियममा बिहीबार राति भएको खेलमा इथोपियालाई हराउँदै क्यामरुनले दोसो जित निकालेको हो । आजको खेलसँगै आयोजक क्यामरुन अफ्रिकन कप अफ नेसन्सको अन्तिम १६ मा स्थान बनाउने पहिलो टोली बनेको छ ।

डावा होस्टेसा डुकेलेले सुरुआती एक गोल गरे पनि त्यसपछि क्यामरुनले लगातार ४ गोल गर्दै सहज जित निकालेको हो । क्यामरुन जित दिलाउन कार्ल टोको इकाम्बी र भिन्सेन्ट अबुबाकर दुई-दुई गोल गरेका थिए ।

पहिलो खेलमा क्यामरुनले बुरकिना फासोलाई २-१ गोल अन्तरले हराएको थियो । बुर्किना फासो र केप भर्रेडको २ खेलबाट ३ अंक रहँदा इथिओपिया बिना अंक पुछारमा छ ।

इथोपियाको यो लगातार दोस्रो हार हो । अंक विहीन इथोपिया पुछारमा रहेको छ । बिहीबार राति भएको खेलमा इथोपियालाई ४-१ गोल अन्तरले पराजित गर्दै एक खेल अघि नै प्रिक्वाटरफाइनलमा स्थान बनाएको हो ।

समूहको अर्को खेलमा बुर्किना फासोलाई केप भर्र्डलाई १-० गोलले पराजित गरेको छ । समूह ‘ए’ को क्यामरुनको २ खेलबाट सतप्रतिशत जितसहित ६ अंक छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  ६ : ३८ बजे

भक्तपुर पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा

भक्तपुर– भक्तपुरलाई पूर्ण खोप सुनिश्चित घोषणा गरिएको छ । आज

प्रधानमन्त्री ओली गृह जिल्ला झापामा

झापा– प्रधानमन्त्री केपी शर्मा ओली शनिबार गृह जिल्ला झापा आइपुगेका

किवाहाङ : सुनजस्तै पुरानो नहुने फौजीशास्त्र !

मूर्धन्य साहित्यकार बीपी कोइरालाले नयाँ पुस्तकका विषयमा भनेका छन्– ‘हिजो

गाजामा इन्धन आपूर्ति दोस्रो दिन पनि अपर्याप्त : संयुक्त राष्ट्रसङ्घ

एजेन्सी– इजरायलका अधिकारीहरूद्वारा लगातार दोस्रो दिन गाजामा ७५ हजार लिटर

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

वीरगञ्ज– पर्साको विकट गाउँका रूपमा रहेको ठोरी गाउँपालिका-३ शिकारीबास खोलाको