राष्ट्रिय फूटबल टोलीका प्रशिक्षक अब्दुल्लाहले भने- लिगको खेल रंगशाला गएर हेर्दिनँ | Khabarhub Khabarhub

राष्ट्रिय फूटबल टोलीका प्रशिक्षक अब्दुल्लाहले भने- लिगको खेल रंगशाला गएर हेर्दिनँ


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली राष्ट्रिय फूटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले जारी शहीद स्मारक ‘ए’ डिभिजन लिगका खेल रंगशालामा गएर नहेर्ने बताएका छन् ।

शुक्रबार सामाजिक सञ्जालमा एक स्टाटस लेख्दै उनले जारी शीर्ष डिभिजन लिगका खेल मैदान गएर नहर्ने र टेलिभिजनबाटै हेर्ने प्रतिक्रिया दिएका हुन् ।

पछिल्लो समय लिग खेलिरहेका खेलाडीलाई होटलमा बोलाएर १५ र १८ माघमा दशरथ रंगशालामा हुने मौरिससँगको खेलमा खेलाडीलाई ‘विभिन्न होमवर्क’ दिएको विषय बाहिर आउनु र क्लबले समेत अखिल नेपाल फूटबल संघ (एन्फा) मा पत्र काटेपछि कुवेती नागरिक अब्दुल्लाहले सामाजिक सञ्जालमा आक्रोश ब्यक्त गरेका हुन् ।

उनले खेलाडीलाई मौरिसससँगको खेलमा कुनै दबाब नदिएको बताएका छन् । ‘मैले कहिल्यै पनि खेलाडीलाई लिगको खेलमा १०० प्रतिशत दिएर नखेल्नु भनेको छैन । मलाई विश्वास छ, क्लबमा १०० प्रतिशत नदिनेले राष्ट्रिय टोलीमा पनि १०० प्रतिशत दिँदैन,’ उनले खेलेका छन् ।

यसअघि अब्दुल्लाहले पहिलो अफ्रिकन प्रतिद्वन्द्वी मौरिसससँग ३४ खेलाडीलाई प्रारम्भिक छनोटमा बोलाएका थिए । जसमा सात खेलाडीले पहिलोपटक मौका पाएका छन् ।

अब्दुल्लाहले यसै हप्ता खेलाडीलाई आफू बसेको ठमेलको एक होटलमा बोलाए मौरिसससँग खेलमा खेलाडीलाई विभिन्न ‘होकवर्क’ दिएको र लिगमा बचेर खेल्न बताएको एक क्लबका प्रशिक्षकले बताए ।

‘क्लब र प्रशिक्षकलाई उहाँले थाहै नदिई खेलाडीलाई भेट्नु भएछ । उहाँले मौसिसससँग खेल्नुअघि खेलाडीलाई ‘होमवर्क’ दिने, बचेर खेल भने, यस्तो गर्नुभएको रहेछ,’ नाम नबताउने सर्तमा एक शीर्ष क्लबका प्रशिक्षकले भने ।

‘लिग चलिरहेको छ । उनले खेलाडीलाई बचेर खेल भन्नेबित्तिकै खेलाडी चोट छ बनेर बसिरहेका छन् । यसरी भेट्न पनि हुन्न थियो । क्लबले यत्रो लगानी गरेको छ । अझ नवौं चरणपछि खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाउनुपर्ने थियो, त्यो नहुँदा हामीलाई गाह्रो भयो । खेलाडीले पनि लिग र राष्ट्रिय टोली दुवैको दबाब लिए,’ उनले भने ।

यससँगै जारी लिगमा साँतौ चरणबाटै शीर्षस्थानमा रही एएफसी कपमा नेपालको प्रतिनिधित्व गरेको मछिन्द्र क्लबले प्रशिक्षकको यो हर्कतसँगै एन्फालाई पत्र नै काटेको छ ।

जारी लिगको नवौं चरण आजबाट सुरु हुँदैछ । सोमबारसम्म चल्ने यस चरणको खेलपछि लिगका खेलले विश्राम पाउनेछ र नेपाली टोली मौरिसससँग हुने खेल तयारीमा लाग्नेछन् भने यही समयमा मोफसलमा विभिन्न प्रतियागिता रहने तालिका छ ।

प्रशिक्षक अब्दुल्लाह भने लिग र क्लब नै फूटबल विकासको मुख्य आधार भएको र आफूले खेलाडीलाई नखेल भन्न नसक्ने बताउँछन् ।

‘मलाई विश्वास छ, क्लब र लिग नै फूटबल विकासको मुख्य आधार हो । त्यसकारण मैले कसरी खेलाडीलाई १०० प्रतिशत दिएर नखेल भन्न सक्छु,’ उनले लेखेका छन् । यस्तै उनले आफ्नो उपस्थितिले खेलाडी र क्लबलाई दबाब सिर्जना भएको हो भने मैदान नगई लिग हेर्ने बताए ।

‘मेरो उपस्थितिले खेलाडी तथा क्लबलाई दबाब सिर्जना भएको हो भने मसँग समस्या समाधानको एक उपाय छ । म टेलिभिजनमा लिगका खेल हेर्छु । सबै क्लब र खेलाडीहरूलाई लिगका लागि शुभकामना,’ छैटौं चरण समाप्तिपछि नेपाल आएका अब्दुल्लाहले भनेका छन् ।

यसो त प्रशिक्षक अब्दुल्लाहको यो घुर्की हर्कत पहिलो हैन । उनले नेपाल आएदेखि नै यस्ता आचरण देखाउँदै आएका छन् ।

एन्फा वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङलाई मेन्सन गरी उनकै कारण आफूले एन्फामा राजीनामा दिन गएको बताएका अब्दुल्लाहले धेरैपटक राजीनामाको घुर्की देखाएका छन् । नेपाल पहिलोपटक साफ फूटबलको इतिहासमा २८ वर्षपछि फाइनल पुग्दासमेत अब्दुल्लाहले आफू नेपाली टोलीमा नरहने घुर्की देखाएका थिए । यद्यपि उनले सन् २०२२ सम्म सम्झौता नवीकरण गरेका छन् ।

न्यूज कारखानाबाट

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  २ : ४२ बजे

तुइनखोलाको पहिरो हटाएपछि दुईतर्फी खुल्यो मुग्लिन–नारायणगढ सडक

चितवन – मुग्लिन–नारायणगढ सडकखण्डको तुइनखोलानजिकै खसेको पहिरो पूर्ण रूपमा हटाइएको

प्रचण्ड भन्छन् : पार्टी नेतृत्वसम्बन्धी बहसलाई निकर्षमा पुर्‍याउँछौं

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

जेनजी आन्दोलनमा हराएका हातहतियार असोज मसान्तभित्र बुझाउन गृहको आग्रह

काठमाडौं – गृह मन्त्रालयले जेन–जी आन्दोलनका क्रममा हराएका हातहतियार र

ओलीको प्रश्न : के भ्रष्टाचार नगर्नु मेरो अपराध हो ?

भक्तपुर – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेन–जी युवाहरूले

साफ यू–१७ च्याम्पियनसिप : भारतसँग पराजित हुँदै बाहिरियो नेपाल

काठमाडौं – नेपाल साफ यू–१७ च्याम्पियनसिपको सेमिफाइनलबाटै बाहिरिएको छ ।