प्रदेश २ सरकारले ल्यायो महेन्द्रनारायण निधी विपन्न आवास योजना « Khabarhub

प्रदेश २ सरकारले ल्यायो महेन्द्रनारायण निधी विपन्न आवास योजना


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारले जनता आवास जस्तै महेन्द्रनारायण निधी विपन्न आवास योजना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने उक्त योजनाको कार्यविधि र दलित सशक्तीकरण नियमावलीसमेत स्वीकृत गरिएको छ ।

महेन्द्रनारायण निधी विपन्न आवास योजनाअन्तर्गत दलितलाई मात्रै नभई गरिब, विपन्न,असहाय, एकल महिलालगायतका जुनसुकै समुदायको व्यक्तिलाई पाँच लाखको लगानीमा दुई कोठे भवन, भान्सा कोठा र शौचालयसहितको घर निर्माण गरिदिने योजना रहेको प्रदेश सरकारका प्रवक्ता अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले बताए ।

महेन्द्रनारायण निधी विपन्न आवास योजनाअन्तर्गत प्रत्येक वर्ष प्रदेशका सभामा ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा १० वटाका दरले वार्षिक ६४० वटा घर निर्माण प्रदेश सरकारले गरिने मन्त्री साहले बताए ।

प्रदेश सरकारले उक्त कार्यक्रम २०६८ सालदेखि नै नीति तथा कार्यक्रममा राखे पनि कार्यान्वयन भने चालु आर्थिक वर्षदेखि हुने भएको छ । महेन्द्रनारायण निधी विपन्न आवास योजनाको संयोजकमा भौतिक पूर्वाधार मन्त्री र प्रत्येक जिल्लाहरूमा एकरएक जना प्रदेश सांसद संयोजक बाँकी सम्बन्धित जिल्लामा प्रदेश सांसदहरू सदस्य रहने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १० : ४० बजे

एकता जोगाउन विशेष पक्षका ७ शर्त, टिकटमा देउवाको हस्ताक्षर हुन नहुनेदेखि चुनावमा गठबन्धन नगर्नेसम्म

काठमाडौँ- नेपाली कांग्रेसलाई फुटबाट जोगाउन भन्दै संस्थापन समूह र विशेष

झापाका रास्वपा नेतासँग तीन घण्टा बिताएका बालेनले ओलीको क्षेत्रमा गरिरहेका छन् जनमत सर्भेक्षण

काठमाडौं – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले झापा क्षेत्र नम्बर

नयाँ नेतृत्वको चयन गर्ने तयारीमा हमास

गाजा – गाजामा युद्धको क्रममा इजरायलले समूहका धेरै शीर्ष नेताहरूको

रुपन्देही–२ बाट चुनाव लड्ने तयारीमा युवा व्यावसायी सुदन ज्ञवाली

काठमाडौं – युवा व्यावसायी तथा राजनैतिक अभियन्ता सुदन ज्ञवालीले आगामी

वार्ताका लागि कांग्रेसले बनायो समिति : विशेष पक्षबाट ४, संस्थापनबाट २ नेता सदस्य

काठमाडौँ – नेपाली कांग्रेसको जारी असहमति अन्त्यका लागि पार्टी संस्थापन