प्रदेश २ सरकारले ल्यायो महेन्द्रनारायण निधी विपन्न आवास योजना « Khabarhub

प्रदेश २ सरकारले ल्यायो महेन्द्रनारायण निधी विपन्न आवास योजना


३० पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– प्रदेश २ सरकारले जनता आवास जस्तै महेन्द्रनारायण निधी विपन्न आवास योजना कार्यक्रम सञ्चालन गर्ने भएको छ ।

शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद्को बैठकले भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत सञ्चालन हुने उक्त योजनाको कार्यविधि र दलित सशक्तीकरण नियमावलीसमेत स्वीकृत गरिएको छ ।

महेन्द्रनारायण निधी विपन्न आवास योजनाअन्तर्गत दलितलाई मात्रै नभई गरिब, विपन्न,असहाय, एकल महिलालगायतका जुनसुकै समुदायको व्यक्तिलाई पाँच लाखको लगानीमा दुई कोठे भवन, भान्सा कोठा र शौचालयसहितको घर निर्माण गरिदिने योजना रहेको प्रदेश सरकारका प्रवक्ता अर्थ मन्त्री शैलेन्द्रप्रसाद साहले बताए ।

महेन्द्रनारायण निधी विपन्न आवास योजनाअन्तर्गत प्रत्येक वर्ष प्रदेशका सभामा ६४ वटै प्रदेशसभा निर्वाचन क्षेत्रमा १० वटाका दरले वार्षिक ६४० वटा घर निर्माण प्रदेश सरकारले गरिने मन्त्री साहले बताए ।

प्रदेश सरकारले उक्त कार्यक्रम २०६८ सालदेखि नै नीति तथा कार्यक्रममा राखे पनि कार्यान्वयन भने चालु आर्थिक वर्षदेखि हुने भएको छ । महेन्द्रनारायण निधी विपन्न आवास योजनाको संयोजकमा भौतिक पूर्वाधार मन्त्री र प्रत्येक जिल्लाहरूमा एकरएक जना प्रदेश सांसद संयोजक बाँकी सम्बन्धित जिल्लामा प्रदेश सांसदहरू सदस्य रहने व्यवस्था गरिएको छ ।

प्रकाशित मिति : ३० पुस २०७८, शुक्रबार  १० : ४० बजे

चैत्र शुक्ल नवमी : विधिपूर्वक मनाइँदै रामनवमी पर्व

काठमाडौँ – चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आज

कति पुग्यो डलरको भाउ ? आजका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमयदर

नयाँ प्रधानमन्त्री बालेनको शपथ आज

काठमाडौँ– मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ । राष्ट्रपति

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत

आज २०८२ साल चैत १३ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल चैत १३ गते शुक्रबार चैत