यी हुन् व्यापारमा आर्थिक लाभ गराउने धार्मिक मान्यताका टिप्सहरू « Khabarhub

यी हुन् व्यापारमा आर्थिक लाभ गराउने धार्मिक मान्यताका टिप्सहरू


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हरेक व्यापारीले आफ्नो व्यापार चलोस् भन्ने चाहन्छन् । तर कतिपय कारणले व्यापारमा घाटा लाग्ने गर्दछ । यसकालागि ज्योतिषमा केही खास उपाय बताइएको छ जसको मद्दतले व्यापार मुनाफामा जान सक्छ ।

– व्यापार सुरुवात गरेपछि हरेक मंगलवार ११ वटा पीपलका पातमा रातो चन्दनद्वारा राम–राम’ लेखेर हनुमान मन्दिरमा चढाए यसले व्यापारमा मुनाफा बढाउने र सफलता मिल्ने मान्यता छ ।

– सोमवार ११ वटा बेलपत्रमा केशरले ओम् नमः शिवाय लेखेर, उक्त मन्त्र उच्चारण गर्दै शिवलिंगमा अर्पण गर्नु पर्दछ । लगातार १६ वटा सोमबारसम्म यो उपाय गरेमा व्यापारमा आर्थिक समस्या नआउने धार्मिक मान्यता छ ।

– व्यापारका लागि सामान किन्दा, किन्नु अघि ५१ रुपैयाँ अलग्गै राख्ने र किनेर फर्केपछि उक्त रकम मन्दिर वा कुनै असहायलाई दान दिए व्यापारमा लाभ बढ्ने विश्वास गरिन्छ ।

– पसल सञ्चालनपछि कपूर र कुमकुम मिलाएर बाली यसको खरानीलाई गल्लामा राखेमा कसैको नजर नलाग्ने धार्मिक विश्वास छ ।

– बिहिबार तुलसीको पात कुनै पहेँलो कपडामा बाँधेर पसल वा व्यापार स्थलमा राख्दा व्यापारमा सफलता मिल्ने धार्मिक विश्वास छ ।

– व्यापारीले सकेसम्म ग्राहकलाई पसलबाट खाली हात पठाउन नहुने मान्यता छ । चाहे ग्राहक आएको समयमा आफू जति नै व्यस्त भए पनि पहिलो ग्राहकलाई खाली पठाउन नहुने मान्यता छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ६ : १५ बजे

‘परान’ले पूरा गर्यो प्रदर्शनको ५१औँ दिन

कामठाडौं – नेपाली चलचित्र ‘परान’ ले प्रदर्शनको ५१औँ दिन पूरा

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर – सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

गृहमन्त्री अर्यालद्वारा नुवाकोटस्थित केन्द्रीय कारागारको निरीक्षण

काठमाडौं – गृहमन्त्री ओमप्रकाश अर्यालले नुवाकोटको विदुरमा रहेको केन्द्रीय कारागारको

कीर्तिमानी डा. उपाध्यायलाई नवौं मानार्थ विद्यावारिधी

काठमाडौं – विश्व कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. डीआर उपाध्यायलाई

विधि र प्रक्रिया पूरा गरेर महाधिवेशन हुनुपर्छ : नेता सिंह

काठमाडौं – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री प्रकाशमान सिंहले १५औँ