के लामो सास लिँदा सम्झने शक्ति बढ्छ ? « Khabarhub

के लामो सास लिँदा सम्झने शक्ति बढ्छ ?


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कुनै चिन्ता, तनाव वा काम फत्ते भयो भने मानिस लामो सास लिन्छन् । चिकित्सक समेत मनलाई स्थिर बनाउन, तनाव कम गर्न, रिस उठेको बेला लगायतमा लामो सास लिन सल्लाह दिन्छन् । कतिपयले यसलाई गम्भीरतापूर्वक लिँदैनन् । तर लामो गहिरो सास लिनु स्वास्थ्यका लागि भने निकै लाभदायक हुन्छ ।

बेलायतको नर्थवेस्टर्न विश्वविद्यालयले गरेको एक अध्ययन अनुसार लामो सास तान्दा मानिसको स्मरण शक्ति बढ्छ । तर सास तान्दा केले तान्दै हुनुहुन्छ भन्ने महत्त्वपूर्ण हुन्छ । नाकले सास तान्ने र मुखबाट सास फाल्दा मानिसले कुराहरू राम्ररी सम्झने अनुसन्धानले देखाएको छ। तर मुखबाट सास लिँदा भने स्मरण शक्ति नबढ्ने देखिएको छ ।

अध्ययनको परीक्षणमा भाग लिएकाहरू मध्ये चित्र देखाएर सास लिन लगाइएको थियो । निकै पछि उनीहरूलाई त्यो चित्रका बारेमा बताउन लगाउँदा उनीहरूले दुरुस्तै बताएका थिए । त्यसैले दैनिक बिहान बेलुका लामो सास लिँदा स्वास्थ्यमा धेरै फाइदा हुने देखिएको छ।

साभार : द डेली मेल

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ६ : ४१ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले