यस्तो छ मधुमेह ठिक गर्ने घरेलु उपचार « Khabarhub

यस्तो छ मधुमेह ठिक गर्ने घरेलु उपचार


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

१. दुई-दुई चम्चा करेला र अमलाको रसको मिश्रणलाई दैनिक पिउने ।

२. करेलाको रस निकाल्न नसके काँचै वा उसिनेर त्यसमा स्वादअनुसार नुन राखी खानाले वा ५ वटा ताजा बेलको पात र १० दाना मरीच मिलाएर पिसी अमलाको रसमा नियमित पिउनाले ।

३. तीतेकरेलाको जुस बनाएर नियमित बिहान खाली पेटमा एक गिलास पिउनाले वा काँचो मेवा, खयरको कत्था, सुपारीको काँडा पानी बनाई नियमित सेवन गर्नाले ।

४. जामुनको कलिला पातलाई ८–१० चम्चा पानीमा पिसेर छानी बिहान खाली पेटमा सेवन गर्नाले यस रोगबाट मुक्ति मिल्दछ ।

५. ५० ग्राम जामुनको गुदी, ५० ग्राम गुर्जोमा मिलाएर पिसेर अमलाको रसमा मिलाउने र गोली बनाई ४-४ रतिका दरले दिनमा ३ पटक ताजा महमा खानाले ।

६. दुई चिया चम्चा मेथीलाई पिसेर पानीमा भिजाउने र त्यसलाई भोलिपल्ट छानी खाली पेटमा केही महिनासम्म नियमित सेवन गर्नाले राम्रो फाइदा गर्छ ।

७. ४-५ वटा जामुनको दानालाई नियमित चपाउने वा जामुनको दानालाई सुकाई पिसी धुलो बनाउने र उक्त धुलोलाई बिहान बिहान २ चम्चाको दरले चिसो पानीमा मिलाएर सेवन गर्नाले राम्रो फाइदा गर्छ ।

८. जामुनको कलिला मुन्टा बेलको पात, गुजरगानो, गुर्जो, दूबो, निमको बोक्रालाई सुकाई पिसी धुलो बनाउने र उक्त चूर्ण चम्चालाई अमलाको रसमा मिलाएर दिनको ३ पटक खाली पेटमा सेवन गर्नाले चिनीरोग निर्मूल हुन्छ ।

साभार : ‘हाम्रो घरको डाक्टर’ पुस्तकबाट

 

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ७ : ०१ बजे

त्रिशूलीमा भेटिएको बसको आज पनि उत्खनन गरिँदै

तनहुँ– तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको

नेपाली विद्यार्थीले बनाएको ‘मुनाल’ उपग्रह आज प्रक्षेपण गरिँदै

ललितपुर– नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठानले स्वदेशमा नै विकसित ‘मुनाल’

आजको मौसम : तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आजको मौसम पूर्वानुमान : तराईका अधिकांश भागमा हुस्सु र कुहिरो

काठमाडौं – नेपालमा उपल्लो वायुमण्डलमा रहेको न्युनचापीय प्रणालीको प्रभाव रहेको

सुपर कपको उपाधि बार्सिलोनालाई : फाइनलमा राफिन्हाले गरे दुई गोल

काठमाडौं – स्पेनिस सुपर कपको उपाधि बार्सिलोनाले उचालेको छ ।