आजको सर्वदलीय बैठकमा एमाले सहभागी होला ?  « Khabarhub

आजको सर्वदलीय बैठकमा एमाले सहभागी होला ? 


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ तर, प्रमुख प्रतिपक्षी एमाले बैठकमा सहभागी हुने नहुने निर्णय हुन बाँकी छ।

यसअघि एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुख सापकोटाले सांसदबाट पदमुक्त गरेको सूचना नटाँसेको भन्दै एमालेले सभामुखले बोलाएका सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ । यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।

सत्ता गठबन्धनका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरे पछि सभामुखले फेरि सर्वदलीय बैठक बोलाएका छन्।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ‘सभामुख सापकोटाले बोलाएका सर्वदलीय बैठकमा जाने-नजाने टुंगो नभएको बताउँछन् ।   ‘आजको सर्वदलीय बैठकमा के गर्ने भन्नेबारे संसदीय दलको बैठकमा छलफल गरेर तय हुन्छ,’ नेम्वाङले भने । एमाले बैठक ११ बजे बस्दैछ।

यद्यपि कार्य व्यवस्था समितिमा एमाले सहभागी हुँदै आएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : २८ बजे

सशस्त्र प्रहरीद्वारा मुक्तिनाथ मन्दिरको हिउँ पन्छायो

मुस्ताङ– मुस्ताङस्थित सशस्त्र प्रहरी बल नेपाल, ३३ नं गुल्मका सशस्त्र

प्रधानमन्त्रीको भ्रमणसँगै चीनले हटायो पाँच बेलायी सांसदमाथिको प्रतिबन्ध

बेइजिङ- बेलायतका प्रधानमन्त्री केइर स्टार्मरले चीनको औपचारिक भ्रमण गरेका छन्

जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा

सहिद राष्ट्रका ऊर्जा र प्रेरणाका स्रोत हुन् : गृहमन्त्री अर्याल

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले सहिदहरू राष्ट्रका ऊर्जा, प्रेरणा र मार्गदर्शनका

‘कसैले जितेर राष्ट्रलाई हराउनु हुँदैन’

चुनाव सम्पन्न गर्न तीव्र गतिमा बढिरहेको माहोलबीच अन्यथा अभिव्यक्ति दिनु