आजको सर्वदलीय बैठकमा एमाले सहभागी होला ?  « Khabarhub

आजको सर्वदलीय बैठकमा एमाले सहभागी होला ? 


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सभामुख अग्निप्रसाद सापकोटाले आज दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको छ तर, प्रमुख प्रतिपक्षी एमाले बैठकमा सहभागी हुने नहुने निर्णय हुन बाँकी छ।

यसअघि एमालेले कारबाही गरेका १४ सांसदलाई सभामुख सापकोटाले सांसदबाट पदमुक्त गरेको सूचना नटाँसेको भन्दै एमालेले सभामुखले बोलाएका सर्वदलीय बैठक बहिस्कार गर्दै आएको छ । यो मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ ।

सत्ता गठबन्धनका सांसदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता गरे पछि सभामुखले फेरि सर्वदलीय बैठक बोलाएका छन्।

एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले ‘सभामुख सापकोटाले बोलाएका सर्वदलीय बैठकमा जाने-नजाने टुंगो नभएको बताउँछन् ।   ‘आजको सर्वदलीय बैठकमा के गर्ने भन्नेबारे संसदीय दलको बैठकमा छलफल गरेर तय हुन्छ,’ नेम्वाङले भने । एमाले बैठक ११ बजे बस्दैछ।

यद्यपि कार्य व्यवस्था समितिमा एमाले सहभागी हुँदै आएको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : २८ बजे

सात लाख ३२ हजार नागरिक स्वास्थ्य बीमामा आबद्ध

सुदूरपश्चिम– सुदूरपश्चिममा सात लाख ३२ हजारभन्दा बढी नागरिक स्वास्थ्य बीमा

हेटौँडा–ढल्केबर ४०० केभी प्रसारण लाइनको काम तत्काल सक्न निर्देशन

काठमाडौँ– ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले हेटौँडा–ढल्केबर

कांग्रेस महाधिवेशनमा १८ नयाँ अभ्यास, युवादेखि ‘ल्याटरल इन्ट्री’सम्म

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन यसअघिका महाधिवेशनभन्दा केही पक्षमा फरक

जितिया पर्वको निराहार व्रत समापन

जनकपुर– सन्तानको दीर्घायु, सुस्वास्थ्य र समृद्धिको कामनासहित महिलाले मनाउने जितिया

तनहुँका दुई हजार पाँचसय बढी किशोरीलाई एचपीभी खोप

तनहुँ– तनहुँका दुई हजार ५४८ किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपिभी