भ्यालेन्टाइनमा खुलेका सनम – उषा « Khabarhub

भ्यालेन्टाइनमा खुलेका सनम – उषा


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं— भ्यालेन्टाइन डे अर्थात् प्रेम दिवस । आफ्नो प्रेम अभिव्यक्ति गर्ने यो सुनौलो दिन । प्रेम गर्न चाहने जोकोही जोडी यो दिनको प्रतिक्षामा हुन्छन् । रातो गुलाब र रातो पहिरन यो दिनको विशेषता नै हो । एकअर्काको प्रेम अभिव्यक्त गर्न चाहने जोकोहीलाई यो दिन एउटा सुनौलो दिन नै भन्दा फरक नपर्ला । यसपटकको

भ्यालेन्टाइनमा खबरहब ब्लोअपमा मोडल सनम कठायत र उषा उप्रेती प्रस्तुत भए । रातो पहिरनमा देखिएका उनीहरु निकै चित्ताकर्षक देखिएका छन् । यी दुवै मोडल नेपाली म्यूजिक भिडियोमा संघर्षरत मोडल हुन् । कामको अनुभवलाई हेर्ने हो भने सनम उषाभन्दा केही सिनियर हुन् । सनम एक दशकयता नेपाली म्यूजिक भिडियोमा सक्रिय छन् ।

करिव ६ सय म्युजिक भिडियोमा अभिनय गरिसकेका सनमले दर्जनौं पटक राष्ट्रियस्तरका विभिन्न अवार्डहरु जितिसकेका छन् । सुक्ष्म जीवविज्ञानमा स्नातकोत्तर गरेका सनम पेशागत हिसाबले स्वास्थ्यकर्मीसमेत हुन ।

उनले आफु दुःखी, अन्त माया, दोष, किन मरिनँ म, भूपु माया, तिम्रो संसार, पहिलो माया जस्ता दर्जनौं सफल म्युजिक भिडियोमा आफ्नो अभिनय क्षमता देखाइसकेका छन् । मोडल सनम म्युजिक भिडियो कलाकार संघका कार्यसमिति सदस्य समेत रहेका छन । केही फिल्मको स्क्रिप्ट हेरिरहेका सनम चाँडै नै फिल्ममा देखिँदैनछन् ।

यो जोडीको मेकअप फेसियल हाउसले गरेको हो भने पहिरनको डिजाइन कुसुम बुटिकले गरेको हो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ९ : ५५ बजे

१० दिनमा आयोगले सोध्यो २१ स्पष्टीकरण, जवाफ आठ वटाको मात्र

काठमाडौं– निर्वाचन आचारसंहिता, २०८२ लागू भएपछिको १० दिनमा निर्वाचन आयोगले

निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ

काठमाडौं– गृह मन्त्रालयले आसन्न प्रतिनिधिसभा निर्वाचनपूर्व र निर्वाचनको अवधिमा हुनसक्ने

भाम बर्लिन फिल्म फेस्टिभलको जुरी सदस्य बनेपछि बोर्डको बधाई

काठमाडौं – बर्लिन फिल्म फेस्टिभल २०२६ को अन्तर्राष्ट्रिय जुरी प्यालनको

असुरक्षा भयो भन्दै सुदन गुरूङले मागे प्रहरी

गोरखा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गोरखा जिल्ला समितिले प्रतिनिधिसभा सदस्य