५४ चिनियाँ एप्समाथि भारतको प्रतिबन्ध « Khabarhub

५४ चिनियाँ एप्समाथि भारतको प्रतिबन्ध


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – देशको सुरक्षामा खतरा निम्त्याएको भन्दै भारतले ५४ ओटा चिनियाँ एप्समाथि प्रतिबन्ध लगाउने तयारी गरेको छ । सरकारले चाँडै नै ती एप्समा प्रतिबन्ध लगाउने सरकारी स्रोतलाई उदृत गर्दै भारतीय समाचार संस्था एनडीटीभीले जनाएको छ ।

स्वीट सेल्फी एचडी, व्युटी क्यामेरा–सेल्फी क्यामेरा, भिभा भिडियो इडिटर, टेन्सेन्ट एक्सरिभर, अनमायोजी अरेना, एपललक, डुअल स्पेल लाइट सरकारले प्रतिबन्ध लगाउन लागिएका केही एप्स हुन् ।

देशको सार्वभौमसत्ता र सुरक्षामा जोखिम पुर्‍याएको भन्दै गत वर्षको जुनमा सरकारले सामाजिक सञ्जालमा व्यापक प्रयोगमा आएका टिक टक, वीच्याट र हेलोमाथि प्रतिबन्ध लगाएको थियो ।

सन् २०२० को मे महिनामा चीनसँगको सीमा तनावपछि करिव ३०० एप्सहरुमाथि भारतमा प्रतिबन्ध लगाइएको छ । पूर्वी लद्दाखको गालवान उपत्यकामा चिनियाँ सेनाहरुसँगको भिडन्तमा २० भारतीय सैनिक मारिएपछि सन् २०२० को जुनमा पहिलो चरणको प्रतिबन्ध घोषणा गरिएको थियो ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ११ : ३२ बजे

६६ औँ जन्मदिन मनाउँदै गर्दा बेलायती नरेश चार्ल्सका भाइ पूर्वराजकुमार एण्ड्रियू पक्राउ

काठमाडौं– बेलायतका पूर्वराजकुमर एण्ड्रियू माउन्टबट्टेन विन्जर पक्राउ परेका छन् ।

एमाले नेता तथा पूर्वमन्त्री मानन्धर कांग्रेस प्रवेश 

काठमाडौं– एमाले नेता तथा पूर्वमन्त्री रामबिर मानन्धरसहित सय बढी युवा

कांग्रेसको स्वास्थ्य नीति : अब राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने

काठमाडौं– नेपाली कांग्रेसले राज्यको ढुकुटीबाट नेताको उपचार गर्न नपाइने नीति

बढ्दो वायु प्रदूषणप्रति स्वच्छ र स्वस्थ वातावरणका लागि सिजी इलेक्ट्रोनिक्सको प्रतिबद्धता

काठमाडौं– पछिल्लो समय काठमाडौं उपत्यका लगायत देशका प्रमुख सहरहरूमा वायु

यस्तो छ नेपाली कांग्रेसको प्रतिज्ञा पत्र (पूर्णपाठ)

काठमाडौं– नेपाली कांग्रेसले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि