एमाले संसदीय दलको बैठक जारी, सर्वोच्चका न्यायाधीशहरुविरुद्ध महाअभियोग लगाउनेबारे छलफल « Khabarhub

एमाले संसदीय दलको बैठक जारी, सर्वोच्चका न्यायाधीशहरुविरुद्ध महाअभियोग लगाउनेबारे छलफल


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को संसदीय दलको बैठक शुरु भएको छ। संसद भवन नयाँ बानेश्वरमा सुरू भएको बैठकमा सत्ता गठबन्धनले प्रधानन्यायाधीशविरुद्ध लगाएको महाअभियोगको सामना गर्नेबारे निर्णय गर्ने जनाइएको छ।

एमालेले हिजै प्रधानन्यायाधीशविरुद्धको महाअभियोगको प्रतिरोध गर्ने घोषणा गरिसकेको छ। संसदीय दलको बैठकले सर्वोच्च अदालतका अन्य न्यायाधिसहरुमाथि महाअभियोग प्रस्ताव दर्ता गर्ने या नगर्ने भन्ने समेत निर्णय गर्ने जनाइएको छ।

हिजो साँझ एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बसेको सचिवालय बैठकमा सभामुख अग्नी सापकोटासहित सर्वोच्च अदालतका कायमकुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीसहित न्यायाधीशहरु मीरा खड्का, ईश्वर खतिवडा र डाक्टर आनन्दमोहन भट्टराईलाई समेत महाअभियोग लगाएर काउण्टर गनुपर्नेबारे छलफल भएपनि संसदीय दलको बैठकबाट निर्णय गर्ने निष्कर्ष निकालिएको थियो।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  १ : ०३ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने

बालेनसँगको वार्तापछि रवि : मेरो अनुहार हेर्नुस्, केही समय प्रतिक्षा गर्नुस्

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर