एमालेले तत्काल चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव नल्याउने « Khabarhub

एमालेले तत्काल चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव नल्याउने


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले तत्काल सर्वोच्च अदालतका अन्य चार जना न्यायाधीशविरुध्द महाभियोग प्रस्ताव नल्याउने भएको छ । एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले आजै आवेग र प्रतिशोधका आधारमा निर्णय नगर्ने तर अदालतको नेतृत्वको आगामी कदम हेरी निर्णय लिने बताएका छन् ।

ओलीले परिस्थितिलाई सुष्म रुपमा नियालिरहेको र निर्धारित मितिमै स्थानीय चुनावको पक्षमा रहेकाले परिस्गिती बिगार्ने काम नगर्ने बताएका थिए । ओलीको भनाई उदृत गर्दै बैठकमा सहभागी एक सांसदले बताएअनुसार ओलीले महाअभियोगकै विषयलाई लिएर प्रत्यक्ष द्वन्द्व बढाउने पक्षमा नरहेपनि सदन, सडक र कानूनी मोर्चा सबैतिर लडिरहने बताएका थिए ।

एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको छ र नेतृत्वले आवश्यक परेका बेला प्रयोग गर्ने निर्णय समेत भएको बैठकमा सहभागी एक एमाले संसदले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  २ : १८ बजे

यूएईविरुद्ध दीपेन्द्र र आरिफको १०८ रनको सम्झना योग्य साझेदारी

काठमाडौं – नेपाली क्रिकेट टिमले विश्वकप अगाडि चिरपरिचित प्रतिद्वन्द्वी यूएईविरुद्ध

चन्द्रमाको मानव मिसन अघि बढाउँदै नासा : रकेट इन्धन परीक्षण सफल

काठमाडौं – अमेरिकी अन्तरिक्ष संस्था नासाले चन्द्रमातर्फ अन्तरिक्षयात्री पठाउने तयारीस्वरूप

निर्वाचन २९ दिन बाँकीः समानुपातिक बन्दसूचीमा पुरुष भन्दा महिला बढी

काठमाडौं – प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक

अमेरिकी डलर घट्यो : बुधबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल माघ २१ गते बुधबार फागुन