एमालेले तत्काल चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव नल्याउने « Khabarhub

एमालेले तत्काल चार न्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव नल्याउने


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेले तत्काल सर्वोच्च अदालतका अन्य चार जना न्यायाधीशविरुध्द महाभियोग प्रस्ताव नल्याउने भएको छ । एमाले संसदीय दलको बैठकमा सम्बोधन गर्दै एमाले अध्यक्ष केपी शर्मा ओलीले एमालेले आजै आवेग र प्रतिशोधका आधारमा निर्णय नगर्ने तर अदालतको नेतृत्वको आगामी कदम हेरी निर्णय लिने बताएका छन् ।

ओलीले परिस्थितिलाई सुष्म रुपमा नियालिरहेको र निर्धारित मितिमै स्थानीय चुनावको पक्षमा रहेकाले परिस्गिती बिगार्ने काम नगर्ने बताएका थिए । ओलीको भनाई उदृत गर्दै बैठकमा सहभागी एक सांसदले बताएअनुसार ओलीले महाअभियोगकै विषयलाई लिएर प्रत्यक्ष द्वन्द्व बढाउने पक्षमा नरहेपनि सदन, सडक र कानूनी मोर्चा सबैतिर लडिरहने बताएका थिए ।

एमालेले सांसदहरूको हस्ताक्षर संकलन गरिसकेको छ र नेतृत्वले आवश्यक परेका बेला प्रयोग गर्ने निर्णय समेत भएको बैठकमा सहभागी एक एमाले संसदले बताए ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  २ : १८ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका