नेप्सेमा झिनो सुधार « Khabarhub

नेप्सेमा झिनो सुधार


२ फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ०.०८ अङ्कले उकालो लागेर दुई हजार ७००.९८ मा पुगेको छ ।

आइतबार एक सय भन्दा बढीले ओरालो लागेको नेप्से परिसूचक आज थोरै अङ्कले बढेपनि ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक भने ०.३७ अङ्कले घटेर ५११.३० मा पुगेको छ । नेप्सेमा झिनो सुधार भए पनि कारोबार रकम भने ओरालो लागेको छ । कूल २२७ कम्पनीको ७५ लाख ४९ हजार ७७९ कित्ता शेयर रु तीन अर्ब ६८ करोड ४० लाख ९ हजार मूल्यमा खरिद बिक्री भए ।

नेप्सेका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज आठ उपसमूहको शेयर मूल्य उकालो लागेको छ भने पाँच उपसमूहको शेयर मूल्य ओरालो लागेको छ । बैंकिङ ३.२२, व्यापार ३९.५१, निर्जीवन बीमा १४.३६, उत्पादन ३५.२८ र सामूहिक लगानी कोष ०.०४ अङ्कले घटेको बजारमा, होटल तथा पर्यटन १८.४५, विकास बैंक १६.३२, जीवन बीमा ५२.४९, जलविद्युत् ५.३७, वित्त ४.८८, अन्य ०.३३ र लघुवित्त १३.४ अङ्कले उकालो लागेको छ ।

नेप्सेका अनुसार कारोबारका आधारमा नेशनल हाइड्रोपावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ५४ करोड ९१ लाख ९३ हजार २५४ मूल्य बराबरको कारोबार भयो ।

यस्तै नेपाल दूरसञ्चार कम्पनी रु १७ करोड ७ लाख ८३ हजार ९, अरुणभ्याली हाइड्रोपावर कम्पनी रु १५ करोड २३ लाख ७६ हजार १२५, अपी पावर कम्पनी रु ११ करोड ५८ लाख ४२ हजार ५५७ र हिमालयन डिष्टिलरीको रु ११ करोड ४८ लाख ४९ हजार ६६८ मूल्य बराबरको कारोबार भई शीर्ष पाँच भित्र रहे ।

नेप्सेका अनुसार बुद्धभूमि नेपाल हाइड्रोपावरका लगानीकर्ताका शेयर मूल्य सबैभन्दा धेरै ८.१३ प्रतिशतले बढ्यो । यस्तै सपोर्ट माइक्रोफाइनान्स ४.७२, नेशनल हाइड्रोपावर कम्पनी ४.२८, किसान लघुवित्त वित्तीय संस्था ३.६ र नेपाल हाइड्रो डेभलपर्स कम्पनीको शेयर मूल्य ३.५५ प्रतिशतले बढे ।

त्यस्तै मैलुङखोला जलविद्युत् कम्पनीको शेयर मूल्य २३ अङ्कले घटेको आजको कारोबारमा प्राइम इन्स्युरेन्सको २४, नेपाल लाइफ इन्सुरेन्सको १९, एनआइवीएल समृद्धी फण्ड–२को ०.२० र सनराइज ब्लुचिप फण्डको शेयर मूल्य ०.१९ अङ्कले घटेको छ ।

प्रकाशित मिति : २ फाल्गुन २०७८, सोमबार  ५ : ०९ बजे

ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व संकलन

काठमाडौं– बितेका २४ घण्टामा एक हजार ८०६ सवारी चालक सवारी

हिउँचितुवा गणना गर्न ५६ स्थानमा क्यामेरा 

गलकोट– नेपालको एकमात्र सिकार आरक्ष क्षेत्र ढोरपाटनमा पहिलोपटक हिउँचितुवा गणनाका

यस्तो छ आजको तरकारी तथा फलफूलको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै

काठमाडौँ– संघीय संसद अन्तर्गत आज तीनवटा समितिको बैठक बस्दैछन् ।

दोस्रो विश्वयुद्धका पीडितको स्मृति दिवस

काठमाडौं– विश्वका विभिन्न देशमा आज र भोलि दोस्रो विश्वयुद्धका  पीडितको