इन्डोनेसियामा ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प « Khabarhub

इन्डोनेसियामा ६ दशमलब ७ म्याग्निच्युडको भूकम्प


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जाकार्ता– इन्डोनेसियाको शक्तिशाली भूकम्प गएको छ। तटीय सहर पारिअमनबाट १६७ किलोमिटर पश्चिमा रहेको तटीय क्षेत्रमा केन्द्र बिन्दु भूकम्प गएको हो।

६ दशमलब ७ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूकम्पसम्बन्धी सर्वेक्षण यूएसजीएसले जनाएको छ। भूकम्पको गहिराई २१ किलोमिटर रहेको छ।

भूकम्पपछि त्रसित बनेका सर्वसाधारण घर छोडेर सुरक्षित क्षेत्रमा भागेका थिए। ‘भूकम्प एक मिनेटसम्म महशुस गरिएको थियो। मानिसहर त्रासले घरबाहिर निस्किएका थिए,’ राष्ट्रिय विपत न्यूनिकरण निकायले आफ्नो प्रारम्भिक रिपोर्टमा भनेको छ। भूकम्पपछि निरन्तर परकम्पहरु गइरहेको प्राप्त विवरणहरुमा जनाइएको छ।

भूकम्पको केन्द्र बिन्दु पश्चिमी सुमात्रा प्रान्तको ठूलो सहर पदाङबाट १९७ किलोमिटर टाढा रहेको जनाइएको छ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : ५४ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक