नाउलीगाडमा झोलुङ्गे पुल निर्माण, १० गाउँ लाभान्वित हुने « Khabarhub

नाउलीगाडमा झोलुङ्गे पुल निर्माण, १० गाउँ लाभान्वित हुने


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा- बाजुराको गौमुल गाउँपालिका-२ मल्लोदगुनस्थित नाउलीगाड खोलामा झोलुङ्गे पुल निर्माण गरिएकाे छ । कादुरी एग्रिकल्चर एण्ड एशोसिएसन ब्रिटिश गोर्खाज नेपालद्वारा निर्माण भएको झोलुंगे पुलको उद्‍घाटन रक्षा सचिव किरणराज शर्माले गरे । 

बाजुराकाे मल्लोदुगुनको कुगुन्ना र बझाङ जिल्ला जोड्ने याे पुल बनेपछि स्थानीय बासिन्दा हर्षित भएका छन् । ८६ लाख २२ हजार लागतमा निर्माण भएको पुलको लम्बाई ८२ मिटर लामो छ ।

पुल नाउलीगाड खोला झोलुंगे पुल उपभोक्ता समितिमार्फत् निर्माण भएकाे हाे । यसअघि काठे पुलमार्फत नदी तर्नुपर्ने बाध्यता थियाे

पुल बन्दा १० गाउँका बासिन्दा लाभान्वित भएका छन् । ९० दिनभित्र पुल निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहे पनि वर्षा र हिमपातले गर्दा ९९ दिनमा निर्माण कार्य सम्पन्न भएको कादुरी इन्जिनियर ओहोदनारायण चौधरीले बताए ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १० : ४६ बजे

सुर्खेत विमानस्थलमा विपद् उद्धार पोखरी निर्माण सुरु

काँक्रेविहार- सुर्खेत विमानस्थल परिसरमा मानवीय सहायता तथा विपद् उद्धार पोखरी

मन्त्रिपरिषद बैठकः नागरिकता नियमावली संशोधनदेखि इराक जानेलाई श्रम स्वीकृतिसम्म

काठमाडौं- सरकारले ‘नेपाल नागरिकता चौथो संशोधन नियमावली २०८२’ स्वीकृत गर्ने

पशुपतिनाथमा रातभर धनुर्मास पूजा

काठमाडौं- प्रत्येक वर्ष सूर्यनारायण धनु राशिमा रहेका बेला शुभ साइत

धुलिखेलमा जिल्लास्तरीय भेट्रान–पुरुष भलिबल प्रतियोगिता सुरु

काभ्रेपलाञ्चोक- न्यू गौखुरेश्वर युवा क्लब धुलिखेलको आयोजनामा गौखुरेश्वर कप काभ्रेपलाञ्चोक