हुम्लाका राजनीतिक दलहरू स्थानीय तहको चुनाव तयारीमा  « Khabarhub

हुम्लाका राजनीतिक दलहरू स्थानीय तहको चुनाव तयारीमा 


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिमकोट- सरकारले वैशाख ३० गते घोषणा गरेको स्थानीय तहको निर्वाचनमा केन्द्रित हुँदै हुम्लाका विभिन्न राजनीतिक दलले गाउँ केन्द्रित कार्यक्रम सुरु गर्न थालेका छन् ।

जिल्लाका मुख्य राजनीतिक दलहरू नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी लगायतले स्थानीय तह लक्षित कार्यक्रम सुरु गरेका छन् ।

ती दलले जिल्लाको उत्तरी नाम्खा गाउँपालिका बाहेक अन्य ६ स्थानीय तहमा रहेका प्रत्येक वडा तथा पालिकास्तरमा आमसभा, कार्यकर्ता भेटघाट, सङ्गठन विस्तार, घरदैलो अभियान लगायतका कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

नेपाली काँग्रेस हुम्लाले आइतबारदेखि घरघर जाउँ नेपाली कांग्रेस जिताउँ अभियानका साथ घरदैलो कार्यक्रमको रुपमा  गाउँ केन्द्रित भएको छ ।

नेकपा एमाले हुम्लाले दक्षिणका ताँजकोट, अदानचुली गाउँपालिकामा वृहत आमसभा सम्पन्न गरेर चङ्खेली गाउँपालिकामा लागेको छ ।

एमालेले सातवटै गाउँपालिकामा वृहत आमसभा सञ्चालन गर्ने भएको छ भने हाल दुई पालिकामा यो कार्यक्रम सम्पन्न गरेको छ । यस्तै नेकपा माओवादी केन्द्र हुम्लाले जसपासँग समायोजनदेखि जिल्लाका विभिन्न पालिकामा सङ्गठन विस्तार तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई तीव्र पारिरहेको छ ।

यसैगरी एकीकृत समाजवादी पार्टीले केही दिन अघिदेखि दक्षिणभेगमा रहेका गाउँपालिकामा चुनाव लक्षित आफ्नो कार्यक्रम सञ्चालन गरिरहेको छ ।

हुम्लाका सबै राजनीतिक दलले कार्यकर्तालाई निर्वाचन लक्षित कार्यक्रममा जुट्न आग्रहसमेत गर्दै आइरहेका छन् । अन्य समय सहर केन्द्रित हुने जिल्लाका नेता तथा जनप्रतिनिधि स्थानीय तह चुनावको मिति तय भएसँगै यतिबेला चुनाव जित्न जनतासँग भोट माग्न व्यस्त छन् ।

 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ३ : ०९ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।