फेसबुकपछि रूसले इन्स्टाग्राममा पनि लगायो प्रतिबन्ध « Khabarhub

फेसबुकपछि रूसले इन्स्टाग्राममा पनि लगायो प्रतिबन्ध


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मस्को- यूक्रेनमाथि रूसको हमलाको असर सामाजिक सञ्जाल प्रयोगकर्ताहरूमाथि पनि पर्न थालेको छ। रूसका मानिसहरूले अब सामाजिक सञ्जाल  इन्स्टाग्राम पनि प्रयोग गर्न सक्ने छैनन्। रूसको सरकारले फेसबुकपछि अब इन्स्टाग्राममाथि पनि प्रतिबन्ध लगाएको छ।

रूस र यूक्रेनबीच चलिरहेको युद्धमा सामाजिक सञ्जालका प्लेटफर्म पनि युद्धको एउटा केन्द्र बनेको थियो। गूगलले रूसी स्टेट मिडियाको यूट्यूब च्यानलको विज्ञापनलाई हटाइदिएको छ। ट्विटरले रूस र यूक्रेनबीच जारी युद्धबीच विज्ञापनमा रोक लगाएको छ। मेटाको स्वामित्वमा रहेको फेसबुक एपमा रूसले अगावै प्रतिबन्ध लगाइसकेको छ। अब मेटा कै स्वामित्वमा रहेको दोस्रो एप इन्स्टाग्रामलाई पनि रूसमा प्रतिबन्धित गरिएको छ।

फेसबुक र इन्स्टाग्राम बाहेक रूसमा टिकटकमा पनि आंशिक रूपमा प्रतिबन्ध लगाइएको छ। टिकटक प्रयोगकर्ताहरूले अपलोड गरेको भिडियो हेर्न सक्छन्‚ तर नयॉं भिडियो अपलोड गर्न सक्दैनन्।
(एजेन्सीको सहयोगमा)

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  २ : ५९ बजे

नेपालगञ्ज–पोखरा उडान पुनः सुरु

नेपालगञ्ज – लामो समयदेखि रोकिएको नेपालगञ्ज–पोखरा नियमित हवाई सेवा यही

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

आज २०८३ साल भदौ ४ गते बिहीबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ ४ गते बिहीबार सन् २०२६

मोबाइलको कभर र सिसा फेर्दा ३५० तिरेका पुडासैनीलाई १० लाखको बम्पर उपहार

काठमाडौँ । करदाता प्रोत्साहन पुरस्कार अन्तर्गत साउन महिनाको दोस्रो बम्पर