ओबामालाई कोरोना संक्रमण « Khabarhub

ओबामालाई कोरोना संक्रमण


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामालाई कोरोना भाइरसको संक्रमण भएको छ । पूर्व राष्ट्रपति ओबामाले सामाजिक सञ्जाल ट्विटरमार्फत् जानकारी दिँदै आफूलाई कोरोना भाइरसको संक्रमण भएको बताएका हुन् ।

‘मेरो टेस्टमा भर्खरै कोरोना पोजेटिभ देखियो ।’ उनको ट्विटमा उल्लेख छ, ‘केही दिन देखि घाँटी दुखिरहेको थियो, तैपनि म तन्दुरुस्त नै छु ।’

पूर्व प्रथम महिला मिसेल ओबामा र आफू दुवैले कोरोनाविरुद्ध बुस्टर डोज खोप लगाइसकेको उल्लेख गर्दै ओबामाले अरुलाई पनि खोप लगाउन आह्वान गरे ।

पछिल्लो समय कोरोना संक्रमण घट्दै जाँदा अमेरिकामा जनस्वास्थ्य मापदण्डहरू पनि विस्तारै खुकुलो पारिँदै लगिएका छन् । पछिल्लो साता औसतमा ३५ हजार नयाँ संक्रमित देखिएका थिए । जोन्स होप्किन्स विश्वविद्यालयको आँकडाअनुसार अमेरिकामा कोरोना भाइरसका कारण हालसम्म ९ लाख ६७ हजार भन्दा धेरैले ज्यान गुमाइसकेका छन् ।

त्यस्तै, अमेरिकाको संघीय रोग नियन्त्रण एवम् रोकथाम केन्द्रका अनुसार ७५ प्रतिशत भन्दा धेरै अमेरिकीहरूले पूर्ण खोपको मात्रा पाएका छन् भने ४७ प्रतिशतले बुस्टर डोज पनि लगाइसकेका छन् ।

(एपीबाट)
 

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ६ : ४६ बजे

जुम्लामा मार्सीधान पाक्न थाल्यो

जुम्ला- गत जेठमा रोपेको मार्सीधान पाक्न थालेको छ । यहाँका

आरोहीको स्वास्थ्य जाँचका लागि चिकित्सकको टोली हिमालमा

काठमाडौँ- हिमालयन उद्धार सङ्घले हिमाली क्षेत्रमा चिकित्सकको टोली परिचालन गरेको

जलवायु परिवर्तनबाट निजी क्षेत्र प्रताडित : अध्यक्ष श्रेष्ठ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले जलवायु

अच्युतमणि न्यौपानेलाई सचिवमा बढुवा गर्न सिफारिस

काठमाडौँ । सहन्यायाधीवक्ता (सहसचिव) अच्यूतमणि न्यौपाने सचिवमा बढुवाका लागि सिफारिस

नेपाल र प्रशान्त क्षेत्रका टापु राष्ट्र जलवायु संकटको अग्रपंक्तिमा छन् : परराष्ट्रमन्त्री खनाल

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल र प्रशान्त क्षेत्रका टापु