स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका स्वीकृत « Khabarhub

स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका स्वीकृत


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अनुगमन निर्देशिका र आर्थिक व्यवस्थापन कार्यविधि, २०७८ स्वीकृत गरेको छ । आयोगद्वारा आज आयोजित पत्रकार भेटमा निर्वाचन पर्यवेक्षण निर्देशिका, २०७८ समेत स्वीकृत भई कार्यान्वयनमा आएको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए।

मतदाता नामावली अद्यावधिक (दाबी विरोधसमेत) कार्यक्रम, २०७८ अन्तर्गतका त्रुटि सच्याउने, दोहोरो परेको हटाउने र मृत्यु भएकाको विवरण हटाउने कार्य भइरहेको बताइएको छ । निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको नामावली सम्बन्धित निकायबाट प्राप्त भएको र खटनपटनका लागि गृहकार्य भइरहेको जानकारी दिइयो ।

निर्वाचनलाई खर्चिलो र भड्किलो हुन नदिन विभिन्न संयन्त्रमार्फत अनुगमन गर्ने जनाउँदै आयोगले निर्वाचन आचारसंहिता कानूनी मात्र नभई नैतिक बन्धन पनि भएकाले त्यसप्रति गम्भीर भई निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र मितव्ययी बनाउने कार्यमा सहयोग पु-याउन सबैसँग आग्रह गरेको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ३५ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।