चीनमा सेवा क्षेत्रको वृद्धिदर ६ महिना यताकै सुस्त « Khabarhub

चीनमा सेवा क्षेत्रको वृद्धिदर ६ महिना यताकै सुस्त


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– फेब्रुअरी महिनामा चीनको सेवा क्षेत्रको वृद्धिदर पछिल्लो ६ महिना यताकै सुस्त रहेको तथ्यांक सार्वजनिक भएको छ । कोरोना भाइरसको संक्रमण रोक्न सरकारले कठोर नीतिहरू लिएसँगै चीनमा सेवा क्षेत्रको वृद्धिदर घटेको हो ।

काइसिन/मार्किट सर्भिसेज पर्चेजिङ म्यानेजर्स इन्डेक्स सूचकांक (पीएमआई) फेब्रुअरी महिनामा घटेर ५० दशमलब २ पुगेको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

अघिल्लो महिना अर्थात् जनवरीमा पीएमआई सूचकांक ५१ दशमलब ४ थियो । यसअघि अगष्ट महिनामा यो सूचकांक ४६ दशमलब ७ प्रतिशतमा झरेको थियो ।

शून्य कोरोना नीति लिएको चीनले महामारीलाई नियन्त्रण गर्न भन्दै विभिन्न शहरहरुमा लकडाउनमानिसहरुको गतिशीलतामा कडाई गरेसँगै यसको मार चिनियाँ उत्पादनमूलक एवम् सेवा क्षेत्रमा पर्न गएको जनाइएको छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ७ : ३५ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।