बेपत्ता बालबालिकाको खोजीमा गोताखोरसहितको टोली परिचालन « Khabarhub

बेपत्ता बालबालिकाको खोजीमा गोताखोरसहितको टोली परिचालन


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कर्णाली-सुर्खेतस्थित भेरी नदीमा बेपत्ता भएका तीन बालबालिकाको खोजीका लागि सशस्त्र प्रहरीको गोताखोर टोलीले परिचालन गरिएको छ।

नम्बर ३२ रक्तकाली गण सुर्खेतबाट १४ जनाको विपद् उद्धार टोली र बाँकेको शम्शेरगञ्जस्थित रिर्जभ गणबाट चार जनाको गोताखोर टोली परिचालन गरिएको हो ।

सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित रामघाट दशरथपुर जोड्ने झोलुङ्गे पुल नजिक शनिबार भेरी नदीमा नुहाउने क्रममा स्थानीय तीन बालबालिका बेपत्ता भएका थिए ।

बेपत्ता हुनेमा भेरीगङ्गा नगरपालिका–११ रामघाटका १० वर्षीया गङ्गा खड्का, आठ वर्षीया कृष्णा सिञ्जाली र लेकबेंसी नगरपालिका–५ खल्टाकुराका १० वर्षीय दिनेश बुढा रहेका छन् । स्थानीय रोजिता थापा र लक्ष्मी पचभैयाले नदीमा बालबालिका बगिरहेको देखेपछि आफन्तलाई खबर गरेका थिए ।

सशस्त्र प्रहरी बल नम्बर ३२ रक्तकाली गणका प्रमुख विमल डाँगीले खोजीकार्य जारी रहेको जानकारी दिनुभयो । विपद् उद्धार टोलीको नेतृत्व सशस्त्र प्रहरी नायब उपरीक्षक करण धामी र गोताखोर टोलीको नेतृत्व सशस्त्र प्रहरी सहायक निरीक्षक रमेश थापाले गरेका छन् ।

आज बिहानबाट गोताखोर र विपद् उद्धार टोली परिचालन गरिएको हो, हालसम्म बेपत्तालाई फेला पार्न सकिएको छैन”, गणका प्रमुख डाँगीले भने ।  गोताखोर टोली खोज्दै रामघाटदेखि सत्तरीतर्फ गइरहेको छ ।”

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ८ : ४२ बजे

राष्ट्रिय सभाको अधिवेशन आजदेखि : बैठक सिंहदरबारमा बस्ने

काठमाडौं – राष्ट्रिय सभाको १९औँ अधिवेशन आइतबारदेखि सुरु हुँदैछ। नयाँ

निर्वाचन ४६ दिन बाँकीः आचारसंहिता पालनामा जिम्मेवार बन्न आग्रह

काठमाडौं – निर्वाचन आयोगले निर्वाचन आचारसंहिता कार्यान्वयन एवं निर्वाचन अधिकृतको

अमेरिकी डलर उच्च बिन्दुमा : कुन विदेशी मुद्राको मूल्य कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सूर्य देवको पूजा विधि के हो ?

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।

आज २०८२ साल माघ ४ गते आइतबारको राशिफल

काठमाडौं – आज २०८२ साल माघ ४ गते आइतबार ।