युनिलिभरले मनायो अन्तर्राष्ट्रिय महिला दिवस « Khabarhub

युनिलिभरले मनायो अन्तर्राष्ट्रिय महिला दिवस


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– युनिलिभर नेपालले लिमिटेड (यूएनएल) ११२ औंँ अन्तर्राष्ट्रिय महिला दिवस मनाएको छ ।

महिलाहरूका अमूल्य उपलब्धि तथा हालसम्म आर्थिक तथा राजनीतिक रूपमा महिलाको योगदान स्मरण गर्दै युनिलिभर नेपालको कर्पोरेट कार्यालयमा यो दिवस मनाइएको हो ।

‘ब्रेक द बायस’ मुख्य विषयवस्तुमा आधारित यो कार्यक्रममा लैङ्गिक पूर्वाग्रह, रुढीवादी धारणा र विभेदमुक्त विविध, समतामुलक र समावेशी कार्यस्थल निर्माण गर्ने विषयमा प्रतिबद्ध जनाइएको थियो ।

आ–आफ्नो क्षेत्रमा अग्रणी मार्गदर्शक रहेका तीन महिलाहरू वर्षा श्रेष्ठ– बिजनेस हेड, इक्रा नेपाल तथा नेपाली बैंकिङ्ग क्षेत्रकै पहिलो महिला महाप्रबन्धक, उपासन पौडेल–सीईओ, युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेड र भावना घिमिरे–निर्देशक, ब्याट एन्ड बल फाउन्डेसन तथा क्रिकेट एसोसिएसन अफ नेपालका पूर्व तथा प्रथम सीईओ उपस्थित थिए ।

कार्यक्रममा युनिलिभर नेपाल लिमिटेडका प्रबन्ध निर्देशक अम्लान मुखर्जीले दैनिक जीवनमा महिलाको केन्द्रीयता र नेतृत्वको महत्वलाई सम्मान गर्ने सन्देश दिएका थिए ।

त्यस्तै, मुम्बईबाट भर्चुअल रूपमा उपस्थित हिन्दुस्तान लिभर लिमिटेडका मानव संशाधन महाप्रबन्धक माथनराजले लैङ्गिक सन्तुलित कार्यबल सृर्जना गर्न कम्पनीको प्राथमिकताबारे चर्चा गरेका थिए ।

कार्यक्रमको अन्तिम खण्डमा जुम्बा सत्र, फ्ल्यास मोब, उपहार वितरणलगायतका विभिन्न मनोरञ्जनात्मक क्रियाकलापमा सहभागीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  १० : १७ बजे

सवारी नियम उल्लंघन गर्ने १७ सय बढी चालक कारबाहीमा

काठमाडौँ– बितेका चौबिस घण्टामा सवारी नियम पालना नगर्ने एक हजार

वैदेशिक रोजगारीको प्रलोभनमा करिब ९२ लाख रुपैयाँ ठगी गर्ने पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब सुविधा दिलाइदिने प्रलोभनमा पारेर ९१

विस्केट जात्रा : ऐतिहासिक, सांस्कृतिक र तान्त्रिक महत्त्वको जात्रा

काठमाडौं- सांस्कृतिक सहर भक्तपुरमा हरेक वर्ष मनाइने विस्केट जात्रा सुरु

मेकिङमा नायिकाहरू : केही अरुका लागि, केही आफ्नै लागि

काठमाडौं – सफल नायक करिअरपछि मेकिङमा आउनेमा भुवन केसी, विराज

प्रधानमन्त्री वालेनको आवाजै नसुनि अन्त्य भयो नयाँ संसदको पहिलो अधिवेशन

काठमडौँ– प्रतिनिधिसभाको पहिलो अधिवेशन गएरातिबाट अन्त्य भएको छ । मन्त्रिपरिषदको