श्रममन्त्री खाडी तथा अफ्रिकी मुलुकको भ्रमणमा « Khabarhub

श्रममन्त्री खाडी तथा अफ्रिकी मुलुकको भ्रमणमा


३० फाल्गुन २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ खाडी तथा अफ्रिकी मुलुकको भ्रमणमा गएका छन् ।

मन्त्री श्रेष्ठसहितको टोली यूएई, कतार र सेसेल्सको भ्रमणका लागि सोमबार प्रस्थान गरेको हो ।

श्रमिक नेपालीहरूले वैदेशिक रोजगारका क्रममा भोग्दै आएका समस्या समाधान गर्ने उद्देश्यले श्रेष्ठसहितको टोली यी देशहरूमा जान लागेको हो ।

पर्यटन भिषा लिएर वैदेशिक रोजगारका लागि गएका र त्यहाँ समस्यामा परेकाहरूको समाधान गर्ने भ्रमणको मुख्य उद्देश्य रहेको छ ।

मन्त्री श्रेष्ठले यूएईका मानव संशाधनमन्त्री डा. अव्दुल रहमान अव्दुल मानन अल अवारसँग पनि भेट गर्ने कार्यक्रम रहेको छ ।

मंंगलबार नेपाल–यूएई संयुक्त समितिको बैठकमा पनि सहभागी हुने जनाइएको छ ।

त्यसपछि बुधवार मन्त्री श्रेष्ठले आबुधावीस्थित नेपाली दूतावासमा नेपालीहरूसँग छलफल गर्ने छन् ।

मन्त्री श्रेष्ठ बिहीबार अफ्रिकी मुलुक गणतन्त्र सिसेल्स प्रस्थान गर्ने कार्यक्रम पनि रहेको छ । नेपाली श्रमिकहरू लैजान सेसल्सबाट प्राप्त द्विपक्षीय श्रम सम्झौताको प्रस्तावमाथि छलफल हुने कार्यक्रम तय भएको छ ।

भ्रमण टोलीमा मन्त्रालयका सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, उपसचिव डा.थानेश्वर भुषाल, परराष्ट्र मन्त्रालयका उपसचिव प्रकाश अधिकारी र केन्द्रीय अनुसन्धान व्युरोका प्रहरी नायव उपरीक्षक रोशन खड्का छन् ।

मन्त्री श्रेष्ठको टोली चैत ८ गते स्वदेश फर्किने छ ।

प्रकाशित मिति : ३० फाल्गुन २०७८, सोमबार  ११ : ५३ बजे

राष्ट्रियसभामा मुस्लिम आयोगको प्रतिवेदन प्रस्तुत गर्दै प्रधानमन्त्री

काठमाडौं–  प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रियसभाको आजको बैठकमा ‘मुस्लिम आयोगको आर्थिक

काठमाडौं महानगरका ७५ हजारलाई निःशुल्क कानुनी सेवा, ३५ न्यायिक सहजकर्ता परिचालन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले आजदेखि पाँचौँ संस्करणका न्यायिक सहजकर्तालाई परिचालन गरेको

३०औँ जनयुद्ध दिवस रुकुमपूर्वमा मनाउँदै नेकपा

रुकुमपूर्व– नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले रुकुमपूर्वमा ३०औँ जनयुद्ध दिवस मनाउँदै

विश्वकपमा आज तीन खेल : पहिलो खेलमा अस्ट्रेलिया र जिम्बाबेको प्रतिस्पर्धा

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गत शुक्रबार तीन खेल हुँदैछन्

सञ्चार मन्त्रालयको दोस्रो त्रैमासिक समीक्षा : पुँजीगत खर्च बढाइनुपर्नेमा जोड

काठमाडौं– सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले पुँजीगत