बेन्फिकासँग बराबरी खेल्दै लिभरपुल सेमिफाइनलमा « Khabarhub

बेन्फिकासँग बराबरी खेल्दै लिभरपुल सेमिफाइनलमा


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – बेन्फिकासँग युइएफए च्याम्पियन्स लिग अन्तर्गत दोस्रो लेगमा बुधबार राति ३-३ गोलको बराबरी खेल्दै लिभरपुल सेमिफाइनलमा प्रवेश गरेको छ ।

समग्रमा इंग्लिस क्लब लिभरपुलले पोर्चुगिज क्लब बेन्फिकालाई ६-४ अन्तरले पराजित गर्‍यो । पहिलो लेगमा बेन्फिका घरेलु मैदानमा लिभरपुलसंग ३-१ अन्तरले पराजित भएको थियो ।

दोस्रो लेगमा भने बेन्फिकाले खेलमा फर्कन निकै प्रयास गर्यो । तर पहिलो लेग हार्नु नै बेन्फिकाको लागि घातक रह्यो ।

दोस्रो लेगमा लिभरपुलका लागि रोबर्टो फिर्मिनोले दुई तथा इब्राहिमो कोनाटेले एक गोल गरे ।

अर्को क्वाटर फाइनलमा एट्लेटिको मड्रिडलाई १-० अन्तरले पराजित गर्दै म्यानचेस्टर सिटी सेमिफाइनलमा प्रवेश गर्यो ।

फाइनल प्रवेशका लागि लिभरपुलले स्पेनिस क्लब भिल्लारियलसंग खेल्नेछ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ७ : ०४ बजे

पुरानो नियुक्ति खाएकालाई चन्द्र भण्डारीको सुझाव- अब लामो सास नफेर

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार आएसँगै

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा