२०७८ राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन : ओली « Khabarhub

२०७८ राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन : ओली


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७८ साल राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद नरहेको बताएका छन् ।

‘केही अवाञ्छित शक्तिका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरूको जङ्गली आकाङ्क्षा, कुण्ठा र इर्ष्याका कारण केही वर्षदेखि सुरु भएको हाम्रो विकास र समृद्धितर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो, विसंगति, बेथिति र अस्थिरताका पुराना दूषित खेलको फेरि पुनरावृत्ति भएको छ ।’ नयाँ वर्षको अवसरमा शुभकामना सन्देशमा उनले भनेका छन् ।

गत वर्षबाट गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्य शक्तिको दुरुपयोगमा सक्रिय भएको ओलीको दाबी छ । ‘व्यवस्थापिका निकम्मा हुन पुगेको छ । कार्यपालिकाको छायामुनि न्यायपालिका क्रमशः आफ्नो स्वतन्त्र पहिचान गुमाउँदै छ । संवैधानिक विचलन र अराजकताको विकृत उत्पादनको रूपमा जन्माइएको कर्तव्य, लक्ष्य तथा गन्तव्यहीन कार्यपालिका अकर्मण्य मात्रै होइन भ्रष्टाचारमा निर्लिप्त छ,’ उनले भनेका छन्, ‘केही वर्षयता हामीले सुरु गरेको विकासको राष्ट्रिय बहसको सट्टा अहिले सत्ता शक्तिको अनुचित भागबन्डा, लेनदेन र राज्य स्रोतको दोहनमा केन्द्रित हुन पुगेको छ ।’

ओलीले यतिखेर मुलुक आर्थिक सङ्कट उन्मुख रहेको टिप्पणीसमेत गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ८ : ४३ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका