२०७८ राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन : ओली « Khabarhub

२०७८ राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद रहेन : ओली


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले २०७८ साल राजनीतिक स्थिरताको दृष्टिकोणबाट सुखद नरहेको बताएका छन् ।

‘केही अवाञ्छित शक्तिका प्रतिगामी उद्देश्य र केही राजनीतिक व्यक्तिहरूको जङ्गली आकाङ्क्षा, कुण्ठा र इर्ष्याका कारण केही वर्षदेखि सुरु भएको हाम्रो विकास र समृद्धितर्फको यात्रामा गम्भीर अवरोध उत्पन्न हुन पुग्यो, विसंगति, बेथिति र अस्थिरताका पुराना दूषित खेलको फेरि पुनरावृत्ति भएको छ ।’ नयाँ वर्षको अवसरमा शुभकामना सन्देशमा उनले भनेका छन् ।

गत वर्षबाट गठबन्धनका नाममा चरम स्वार्थी समूह राज्य शक्तिको दुरुपयोगमा सक्रिय भएको ओलीको दाबी छ । ‘व्यवस्थापिका निकम्मा हुन पुगेको छ । कार्यपालिकाको छायामुनि न्यायपालिका क्रमशः आफ्नो स्वतन्त्र पहिचान गुमाउँदै छ । संवैधानिक विचलन र अराजकताको विकृत उत्पादनको रूपमा जन्माइएको कर्तव्य, लक्ष्य तथा गन्तव्यहीन कार्यपालिका अकर्मण्य मात्रै होइन भ्रष्टाचारमा निर्लिप्त छ,’ उनले भनेका छन्, ‘केही वर्षयता हामीले सुरु गरेको विकासको राष्ट्रिय बहसको सट्टा अहिले सत्ता शक्तिको अनुचित भागबन्डा, लेनदेन र राज्य स्रोतको दोहनमा केन्द्रित हुन पुगेको छ ।’

ओलीले यतिखेर मुलुक आर्थिक सङ्कट उन्मुख रहेको टिप्पणीसमेत गरेका छन् ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ८ : ४३ बजे

भारतद्वारा नेपाललाई १० टन राहत सामग्री हस्तान्तरण

काठमाडौं– भारतले बाढी प्रभावित नेपालका लागि पहिलो चरणमा १० टन

रसुवा बाढी अपडेट : मृतकको संख्या १५७ पुग्यो, २८ प्रहरी अझै सम्पर्कविहीन

काठमाडाैं – रसुवामा आएको भीषण बाढीपछि २८ जना प्रहरी कर्मचारी

सरकारको निर्देशनविपरीत गृहमन्त्रीकाे संस्थाले‍ बाढीपीडितको नाममा उठाउन थाल्यो सहयाेग

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ जोडिएको ‘हामी नेपाल’ नामक गैरसरकारी

रसुवाको बाढी प्रभावित क्षेत्र नजिकै ५.२ म्याग्निच्युडको भूकम्प

काठमाडौं – रसुवामा भीषण बाढी आएर जनधनको ठूलो क्षति भइरहेका

रसुवा बाढी : नेपाली सेनाले रातभर उद्धार र खोजी जारी राख्ने

काठमाडाैं – नेपाली सेनाले आज रातभर पनि रसुवाको भोटेकोशी नदीमा