वर्ष बदलिएँ हर्ष बढेन, पात्रो फेरियो जीवनस्तर उस्तै रह्यो : पूर्वराजा ज्ञानेन्द्र « Khabarhub

वर्ष बदलिएँ हर्ष बढेन, पात्रो फेरियो जीवनस्तर उस्तै रह्यो : पूर्वराजा ज्ञानेन्द्र


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले अर्थहीन परिवर्तनले नेपाली जनता सन्तुष्ट नभएको बताएका छन् ।

‘चर्का नारा र आश्वासन तथा अर्थहीन परिवर्तन वा रुपान्तरणको प्रकृयाले नेपाली जनमानसलाई शान्त र सन्तुष्ट पार्न सकेको छैन, यो चिन्ताको विषय हो ।’ नयाँ वर्ष २०७९ को अवसरमा पूर्वराजा शाहले जारी गरेको  शुभकामना सन्देशमा भनिएको छ।

‘वर्ष बदलिँदा हाम्रो हर्ष पनि बढ्नु पर्दछ, भित्ताको पात्रो फेरिएपछि जनजीवनमा स्तर वृद्धि पनि हुनुपर्दछ।’, सन्देशमा भनिएको छ, ‘नेपालीको घर–घरमा बढ्दो महँगी र थपिँदो आर्थिक बोझले जीवन गुजारा गर्न अत्यन्त कठिन भएको गुनासो छ।’

गलत मौद्रिक र कमजोर वित्तीय नीतिका कारण अर्थ व्यवस्था जटिल बन्दै गएकोमा उनले चिन्ता व्यक्त गरेका छन् ।

‘नेपाली सबैको भलो होस, सबै नेपालीको सपना साकार होस् र प्रत्येक प्रयास उपलब्धिमा परिणत होस् यही हाम्रो अभिलासा हो भन्दै पूर्वराजा शाहले देशको स्थायित्व, शान्ति र राष्ट्रिय अस्मितामा कुनै न कुनै स्तरको प्रभाव पर्न जाने अवस्थालाई सम्झेर सदैव चनाखो हुनुपर्ने औँल्याएका छन्।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ९ : ०४ बजे

पूर्वी युक्रेनमा भएको रूसी ड्रोन आक्रमणमा चार जनाको मृत्यु

कीभ- पूर्वी युक्रेनमा रूसी ड्रोनले आक्रमण गर्दा पाँच वर्षीय बालकसहित

नक्कली कर्मचारी नियन्त्रणमा

काठमाडौं- गृह मन्त्रालयको शाखा अधिकृत हुँ भनी नक्कली कर्मचारी परिचयपत्र

सुरक्षा निकायको धर्म मुलुक र जनताको सर्वोत्तम हित गर्नु हो : राष्ट्रपति पौडेल

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा

म्याग्दीमा एक जनाको उम्मेदवारी फिर्ता, महावीरले रोजे त्रिभुज

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा स्वतन्त्र उम्मेदवार बनेका