विस्का जात्राको लिङ्गो आज उठाएर आजै ढालिने « Khabarhub

विस्का जात्राको लिङ्गो आज उठाएर आजै ढालिने


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर – भक्तपुरको विस्का जात्राको क्रममा बुधबार राति अबेरसम्म प्रयास गर्दा पनि ल्योसिंखेलमा ५५ हात लामो ल्योसिंद्यो (लिङ्गो) उभ्याउने प्रयास सफल हुन सकेन । साँंझदेखि राति ११ बजेसम्म निरन्तर उठाउने प्रयास गरे पनि योसिंद्य उठाउन असफल भएको हो ।

बुधबार उठाउन असफल भएको ल्योसिंद्यलाई आज बिहीबार उठाएर आजै साँझ ढाल्ने परम्परा छ । सयौं युवाहरुले डोरीको सहायताले ल्योसिंद्यो उठाउने प्रयास गरेका थिए । घण्टौको प्रयासपछि पनि ल्योसिंद्यो उठाउन सफल भएन । प्रत्येक वर्ष जस्तै यो वर्ष पनि भक्तपुर नगरपालिका वडा नं ५ ल्योसिंखेलमा ल्यसिंद्यो उभ्याउने प्रयास भएको थियो ।

५५ हात लामो र ठुलो भएका कारण कुनै वर्ष यसरी निर्धारित दिनमा उठाउन नसकेको इतिहास छ । तर ल्योसिंद्य उठाउने नसकेको इतिहास भने छैन । निर्धारित दिनमा उठाउन नसकेको ल्योसिंद्यलाई बैशाख १ गते जसरी पनि उठाएर ढाल्ने गरिन्छ । यसलाई उठाउन आज पनि दिनभर प्रयास हुनेछ । आठ वटा डोरीको सहायताले तानेर उठाउने प्रयास हुन्छ । तर कुनै वर्ष यसरी उठाउन नसकिने हुन्छ ।

चैत मसान्तमा उभ्याउनुपर्ने तर नभ्याउन नसकेको योसिंद्यलाई वैशाख १ गते जसरी पनि उठाइन्छ । उठाइएको लिंगोलाई अनि यही दिन परम्परा अनुसार ढालिन्छ । आठ रात नौ दिन लामो विस्का जात्राको यो सबैभन्दा बढी मुख्य आकर्षणको जात्रा यही नै हो । जात्रा हेर्न भक्तपुरसहित काठमाडौँ, ललितपुर अनि काठमाडौँ उपत्यका आसपासबाट हजारौँ जात्राप्रेमीहरु यो जात्रा हेर्न आउने गर्दछन् ।

यसअघि नयाँ वर्ष चार दिन अगाडि प्रसिद्ध पाँच तल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरवनाथको रथ मंगलबार दिउँसो तान्ने क्रमको सुरुवातसँगै जात्रा सुरु भएको थियो । प्रत्येक वर्ष नयाँ वर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलीमा बनाइएको तीन तल्ले भैरवनाथको रथ तान्ने क्रमसँगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।

इतिहास एवं संस्कृतिविद् डा पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको बिस्केट जात्रा पूर्वमध्यकालतिर तीनसय वर्ष भन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर उपत्यकाको राजनैतिक विखण्डनलगायत वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउँदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौँ, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिसहरु आउने गर्दछन् ।

किंम्बदन्ती अनुसार परापूर्वकालमा भक्तपुरमा बस्ने एक प्रतापी राजाको अत्यन्तै अद्भूत सुन्दरी राजकुमारी थिइन् । राजाले ती राजकुमारीसँग बिहे गर्नेलाई आफूले राजगद्दी नै सुम्पने बताएपछि राजगद्दी पाउने राजकुमारीसँग बिहे गर्न धेरै कुमारहरू आए । तर जसले राजकुमारीसँग बिहे गर्थे उ पहिलो रातमै त्यही ओछ्यानमा मर्दथ्यो ।

एकदिन एक बलवान राजकुमारले राजकुमारीसँग बिहे गरे । राति राजकुमारी निदाएपछि उनको नाकको प्वालबाट दुईवटा नागनागिनी निस्केर अजिङ्गरको रूपधारण गरी राजकुमारलाई डस्न लाग्दा राजकुमारले आफ्नो खड्गले काटेर दुई टुक्रा पारिदिए । ती नागनागिनीले प्राण त्याग गर्ने बेलामा अब हामी दुवै एकै ठाउँमा मर्न लाग्यौँ, हामी प्राण त्याग गरेर गएपछि हाम्रो पुरूषार्थ देखाउन सबैले देख्ने गरी जात्रा चलाइदिनू भनी प्राण त्याग गरे ।

भोलिपल्ट सधैँझैँ गुठीयार राजकुमारको लास लिन जाँदा राजकुमार जीवित नै र दुईवटा नाग–नागिनी मरेको देखेर सबै खुसी भएर राजाले पनि छोरीलाई अथाह धन सम्पत्ति दाइजो दिएर राजकुमारलाई राजतिलक गरिदिए । अजिङ्गरको स्वरूप हुने नागनागिनी मारिएको खुशीयालीका साथ यो जात्रा मनाउन थालिएको हो र नागनागिनीको अन्तिम इच्छाअनुसार ५५ हात लामो सोझो सल्लाको रूखको गोलो परेको लिङ्गो ल्योसिंखेलमा अहिले पनि ठड्याउने गरिन्छ ।

यसबाहेक पनि जात्रासम्बन्धी अनेक किंम्वदन्ती छन् । भैरवनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँच तल्ले मन्दिर अगाडि नै रहेको यही भैरवनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । यो बेला पनि रथलाई दुवै साइटमा डोरी राखेर तानिन्छ । यस दिनलाई स्थानीय नेपाल भाषामा द्यो थाहा विज्याइगू अर्थात् देवता (रथ) माथि सवारी हुने भनिन्छ । यसकारण यस दिन माथिल्लो साइटमा ६ वटा र अर्को साइटमा चार वटा मात्रै डोरी राखिन्छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ९ : २१ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका