विप्लव नेतृत्वको नेकपाले चुनावमा हुने शक्ति र पैसाको दुरुपयोगविरुद्ध संघर्ष गर्ने  « Khabarhub

विप्लव नेतृत्वको नेकपाले चुनावमा हुने शक्ति र पैसाको दुरुपयोगविरुद्ध संघर्ष गर्ने 


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले चुनावमा हुने शक्ति र पैसाको दुरुपयोगविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । २९ चैतमा बसेको नेकपाको १२औँ पूर्ण बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा शक्ति र पैसाको दुरुपयोग हुने निष्कर्षसहित सोविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्धको माहोल सिर्जना गर्ने, जनमत संग्रह र समाजवादको बारेका बहस छलफललाई तीव्रता दिने, एमसीसी पक्षधरको भण्डाफोर गर्ने, भ्रष्टाचारी, मिटरव्याजी, सामाजिक विभेदविरुद्ध जनपरिचालन सहित संघर्ष चर्काउने निर्णय गरिएको विज्ञाप्तीमार्फत जानकारी दिएको छ ।

कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सञ्जिप थापाले जारी गरेको विज्ञाप्तीमा दलाल संसदीय व्यवस्थाविरुद्ध वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रहको लागि जनमत सिर्जना गर्ने, अभियान सञ्चालन गर्ने निर्णय गरिएको उल्लेख छ ।

पार्टीले पार्टीलाई आत्मनिर्भर बनाउन उत्पादनमा विशेष जोड दिने, जिल्लाको नगर कमिटी, गाउँ कमिटी, वडा कमिटी र सेल कमिटीको सुदृढीकरण तथा बैठक गर्ने, जन वर्गीय सङ्गठन र मोर्चाको जिल्ला भेला तथा सम्मेलन गर्ने लगायतका निर्णय गरिएको जनाएको छ । १२औँ पूर्ण बैठक केन्द्रीय सदस्य सैलेसको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ११ : ०२ बजे

इलाममा रेडपाण्डा महोत्सव हुँदै

काठमाडौँ– इलाममा चैत २० देखि २३ गतेसम्म तेस्रो रेडपाण्डा महोत्सव

नारामा सीमित क्षयरोग दिवस: हरेक वर्ष १६ हजारको मृत्यु, मधेश सबैभन्दा बढी प्रभावित

काठमाडौँ – आज विश्व क्षयरोग दिवस, नेपालमा पनि विभिन्न चेतनामूलक

डोटीमा बोलेरो दुर्घटना हुँदा दुई जनाको मृत्यु

डोटी– डोटीको आदर्श गाउँपालिका– ६ रौसेल्ला खोला नजिक मौवा–गिरीचौकको कच्ची

पुरानो नियुक्ति खाएकालाई चन्द्र भण्डारीको सुझाव- अब लामो सास नफेर

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार आएसँगै

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति