विप्लव नेतृत्वको नेकपाले चुनावमा हुने शक्ति र पैसाको दुरुपयोगविरुद्ध संघर्ष गर्ने  « Khabarhub

विप्लव नेतृत्वको नेकपाले चुनावमा हुने शक्ति र पैसाको दुरुपयोगविरुद्ध संघर्ष गर्ने 


१ बैशाख २०७९, बिहिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

खोटाङ – नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी खोटाङले चुनावमा हुने शक्ति र पैसाको दुरुपयोगविरुद्ध संघर्ष गर्ने निर्णय गरेको छ । २९ चैतमा बसेको नेकपाको १२औँ पूर्ण बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा शक्ति र पैसाको दुरुपयोग हुने निष्कर्षसहित सोविरुद्ध संघर्ष गर्ने निर्णय गरेको हो ।

नेपाल कम्युनिष्ट पार्टीले एमसीसीविरुद्धको माहोल सिर्जना गर्ने, जनमत संग्रह र समाजवादको बारेका बहस छलफललाई तीव्रता दिने, एमसीसी पक्षधरको भण्डाफोर गर्ने, भ्रष्टाचारी, मिटरव्याजी, सामाजिक विभेदविरुद्ध जनपरिचालन सहित संघर्ष चर्काउने निर्णय गरिएको विज्ञाप्तीमार्फत जानकारी दिएको छ ।

कम्युनिष्ट पार्टीका जिल्ला सेक्रेटरी सञ्जिप थापाले जारी गरेको विज्ञाप्तीमा दलाल संसदीय व्यवस्थाविरुद्ध वैज्ञानिक समाजवादको पक्षमा जनमत संग्रहको लागि जनमत सिर्जना गर्ने, अभियान सञ्चालन गर्ने निर्णय गरिएको उल्लेख छ ।

पार्टीले पार्टीलाई आत्मनिर्भर बनाउन उत्पादनमा विशेष जोड दिने, जिल्लाको नगर कमिटी, गाउँ कमिटी, वडा कमिटी र सेल कमिटीको सुदृढीकरण तथा बैठक गर्ने, जन वर्गीय सङ्गठन र मोर्चाको जिल्ला भेला तथा सम्मेलन गर्ने लगायतका निर्णय गरिएको जनाएको छ । १२औँ पूर्ण बैठक केन्द्रीय सदस्य सैलेसको विशेष उपस्थितिमा सम्पन्न भएको थियो।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहिबार  ११ : ०२ बजे

यातायात सहज भएसँगै लाङटाङमा पर्यटक बढ्दा व्यावसायी उत्साहित

रसुवा- यातायात व्यवस्था सहज भएसँगै रसुवाको प्रसिद्ध पर्यटकीयस्थल लाङटाङ क्षेत्रमा

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय