तालमेलमा केन्द्रले हस्तक्षेप गर्न हुँदैन : महामन्त्री थापा « Khabarhub

तालमेलमा केन्द्रले हस्तक्षेप गर्न हुँदैन : महामन्त्री थापा


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले केन्द्रबाट स्थानीय तहको निर्वाचनको तालमेलमा केन्द्रले हस्तक्षेप गर्न नहुने बताएका छन् ।

कांग्रेस काठमाडौँ वडा नं ८ ले बिहीबार गरेको शुभकामना आदान प्रदान कार्यक्रममा थापाले चुनावी तालमेल नेपालको राजनीतिक संस्कृतिका लागि हितकर नभएको भन्दै स्थानीय तहको आवश्यकता र औचित्यका आधारमा मात्र तालमेल हुनुपर्ने बताएका हुन्। उनले स्थानीय तहको निर्वाचनमा सहमति भएजति ठाउँमा तालमेल हुने र सहमति नभएका ठाउँमा आ–आफ्ना उम्मेदवार उठाउनुपर्ने पनि उनले बताए ।

थापाले एमाले अध्यक्ष केपी शर्मा ओली कुन-कुन दललाई आफ्नो पार्टीमा जोड्न सकिन्छ भनेर यताउता चहारिरहेको आरोप लगाए। गठबन्धनको विरोधमा अभिव्यक्ति दिने ओलीले राप्रपा नेपालदेखि नेपाल परिवार दललाई पनि एमालेको जोडेको उनको भनाइ छ ।

थापाले एउटा पार्टीको चुनाव चिन्हबाट चुनाव जितेर पाँच वर्ष जनप्रतिनिधि भएको व्यक्ति अहिले टिकट आशामा रातारात दल परिवर्तन गरिरहेको तर्क गरे।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  २ : ५२ बजे

एसियन गेम्समा सन्दीप र लोकेशकाे अर्धशतक : नेपालले जापानलाई दियो १५० रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – ऐसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानलाई नेपालले

एसियन गेम्स क्रिकेट : जापानविरुद्ध नेपालका सन्दीप जोराले बनाए अर्धशतक

काठमाडौँ – एसियन गेम्स अन्तर्गत क्रिकेट प्रतिस्पर्धामा आयोजक जापानविरुद्ध नेपालका

भारी वर्षाको पूर्वानुमानपछि सुदूरपश्चिमका दुई जिल्लामा यातायात सेवा बन्द

बैतडी– लगातारको वर्षाका कारण बाढीपहिरोको जोखिम बढेपछि जिल्ला प्रशासन कार्यालय

यी भूभागमा भारीदेखि अतिभारी वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

हुम्लामा कांग्रेसको गाउँ अधिवेशन सम्पन्न

हुम्ला– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत हुम्लाका सातवटै गाउँपालिकाको अधिवेशन सम्पन्न