अहिलेपनि माओवादीलाई घेरा हाल्ने क्रम रोकिएको छैन : अध्यक्ष प्रचण्ड « Khabarhub

अहिलेपनि माओवादीलाई घेरा हाल्ने क्रम रोकिएको छैन : अध्यक्ष प्रचण्ड


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल प्रचण्डले अहिलेपनि माओवादीलाई घेरा हाल्ने क्रम नरोकिएको बताएका छन् ।

बिहीबार ललितपुरमा आयोजित पार्टी ध्रुविकरण कार्यक्रममा प्रचण्डले जनयुद्धका बेला पनि माओवादीलाई सखाप पार्न भ्रम छर्दै प्रतिकृयावादीहरुले घेरा हाल्ने गरेको र त्यो क्रम अहिले पनि जारी रहेकाले माओवादी एक भएर प्रतिरोध गर्नुपर्ने बताए ।

प्रचण्डले नेकपाका नेताहरुसंग छलफल भइरहेको भन्दै नेकपाको सिङ्गो टिमलाई पार्टीमा एकताबद्ध गराउने वातावरण बन्दै गएको दाबी गरे ।

उनले नेकपाका केही नेताहरु अझै पनि जेलमा रहेको भन्दै उनीहरुलाई जेलबाट छुटाउन आफूले पहल गरिरहेको जानकारी दिए। उहाँले छरिएर रहेका माओवादीहरु एक भएर प्रतिक्रियावादीलाई प्ररास्त गर्नुपर्ने धारणा राखे ।

वैज्ञानिक समाजवाद तर्फको यात्रालाई माओवादीको नेतृत्वमा बलियो बनाउने आधार निर्माण आधार तयार भएको उनले बताए । प्रचण्डले एमालेभित्रै ८० प्रतिशतभन्दा बढी इमानदार कम्युनिष्ट रहेको जिकिर गरे । नेतृत्वले भ्रम दिएर बन्दी बनाई राखेका उनीहरुलाई माओवादीले मुक्त गर्नुपर्ने उनले बताए।

अध्यक्ष प्रचण्डले माओवादी आन्दोलनले ल्याएको परिवर्तन उल्टाउन देशी विदेशी शक्ति सक्रिय भएर लागिरहेको उल्लेख गरे।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ३ : २८ बजे

पुरानो नियुक्ति खाएकालाई चन्द्र भण्डारीको सुझाव- अब लामो सास नफेर

काठमाडौँ – नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले नयाँ सरकार आएसँगै

रविको अभियोग फिर्ता लिने निर्णयविरुद्धको रिटमा आज पनि सुनुवाइ

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सम्पत्ति

फिल्म मेकरमा साइत कुर्ने दीर्घरोग : नाच्न नजान्ने, आँगन टेढो !

काठमाडौं – नेपालमा ‘फेमिली अडिएन्स’ लक्षित गरी बनाइएका फिल्महरू ब्लकब्लस्टर

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, १५औँ महाधिवेशनबारे छलफल हुने

काठमाडौँ– नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ । बैठक

आज विश्व क्षयरोगविरुद्धको दिवस, जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ– विश्व क्षयरोग दिवस आज विभिन्न जनचेतनामूलक कार्यक्रम गरी नेपालमा