सोहेलले भने, ‘एभरेष्ट हेरेरै फर्किन्छु’  « Khabarhub

सोहेलले भने, ‘एभरेष्ट हेरेरै फर्किन्छु’ 


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- बलिउड अभिनेता, निर्माता तथा निर्देशक सोहेल खान यतिबेला नेपालमा छन् । उनी आउँदो जेठ १४ गते सलमान खान कन्सर्टका लागि नेपाल आउने भएपछि त्यसको तयारी बुझ्न आएका हुन् । नेपाल आइपुगेका सोहेलले पत्रकार सम्मेलन अगाडि संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेसँग भेटघाट गरेका थिए ।

पत्रकार सम्मेलन भइरहेको स्थानसम्मै पुगेपनि मन्त्री आले पत्रकार माझ भने उपस्थित भएनन् । पत्रकारसँग कुराकानी गर्दै सोहेलले आफूहरु नेपाली दर्शकलाई निराश नबनाउन नै कार्यक्रम गर्न हरेक पटक तत्पर रहेको बताए । ‘कार्यक्रम क्यान्सिल भएता पनि हामी बारम्बार गर्ने प्रयास गरिरहेका छौँ । म र सलमान भाई नेपाली फ्यानलाई निराश बनाउन चाहदैनौँ’ सोहेलले भने । उनले आफू बाल्यकालमा नेपाल आएको सम्झिए ।

‘म रक्सौल हुँदै स्कुले जीवनमा नेपाल आएको छु । यहाँ घुम्दाको अनुभव मैंले अन्त अनुभव गरेको छैन । मलाई लाग्थ्यो एभरेष्ट नजिकै हुन्छ भन्ने तर त्यो बाल्यकाल थियो र हेर्न पाइन् । तर, यसपटक एभरेष्टलाई नजिकबाट हेरेर नै फर्किने छौँ’ सोहेलले भने । उनले आफू र सलमान नेपाली दर्शक माझ प्रस्तुति पस्किन निकै आतुर रहेको समेत बताए ।

‘म र सलमान भाइ यहाँ आफ्नो कार्यक्रम प्रस्तुत गर्न आतुर छौँ’ सोहेलले भने । ओडीसी इन्टरटेनमेन्टका प्रवन्धक निर्देशक सिमान्त गुरुङले नेपाली कलाकारहरुको लाइनअप भइरहेको बताए । ‘हामी नेपाली कलाकारहरुको प्रस्तुतिको बारेमा कुराकानी गरिरहेका छौँ । संवत छिटै टुङ्गो लाग्छ’ उनले भने । सिमान्तले दशरथ रंगशालामा हुने ‘दबङ रिलोडेड टुर’ को बजेट २० करोड आसपासमा रहेको बताए । ‘सलमानले लिने रकम नेपालको लागि निकै न्यून हो । किनकी उहाँले हामीसँग सामान्य पारिश्रमिक मात्र लिनु भएको छ’ सिमान्तले भने । उनले कार्यक्रममा ३० हजार दर्शक उपस्थित हुने अनुमान गरिएको बताए । कार्यक्रमका लागि ५ हजार, १० हजार, १५ हजार र २५ हजार दरको टिकेट मूल्य तोकिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ४ : ०७ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील