सम्पन्न भयो राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ « Khabarhub

सम्पन्न भयो राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– लोक संस्कृतिको जगेर्नाका साथै लोक सांगीतिक र सांस्कृतिक पहिचानमा लाग्नेहरुलाई प्रोत्साहन गर्ने उद्देश्यका साथ गत शनिबारदेखि जारी राष्ट्रिय लोकदोहोरी महोत्सव २०७८ आज समापन भएको छ ।

पूर्वदेखि सुदूर पश्चिमसम्मका कला र संस्कृतिको संरक्षणका साथ आयोजना गरिएको महोत्सव बिहीबार तामझामका साथ सकिएको हो ।

खुल्ला दोहोरी मध्ये अहिलेसम्मकै सर्वाधिक पुरस्कार राशी राखिएको यस प्रतियोगितासहितको महोत्सव सुरु हुनु अघि शनिबारका दिन माइतीघर मण्डलादेखि विभिन्न जातजातीहरुका झाँकीसहित टुँडिखेलमा प्रवेश गरेपछि उपराष्ट्रपति नन्दबहादुर पुनले उद्घाटन गरेका थिए । निजी क्षेत्रका कम्पनी डिएआर मुभिज एण्ड फिल्मस् इण्डष्ट्रिजले आयोजना गरेको यस महोत्सव समापनसम्म आउँदा आउँदा ५ चलेको प्रतियोगितात्मक महोत्सवमा कुल ६८ समूहले भाग लिएका थिए ।

प्रतिस्पर्धा गर्ने क्रममा प्रतियोगिताको प्रथम पुरस्कार दिलीप थापा मगर र बिमाकुमारी अनुरागी सम्मिलित गण्डकी दोहोरी साँझले हात पार्न सफल भयो । त्यसै गरी दोश्रोमा टेकराज भण्डारी र लक्ष्मी भण्डारी सम्मिलित जुनकिरी दोहोरी साँझ रहयो भने सारोज सिंखडा र सिता घिमिरे सम्मिलित रेसुंगा दोहोरी साँझ तथा सुरेन्द्र फयाली मगर र संगीता थापा मगर सम्मिलित डालीमा दोहोरी साँझ तेश्रो स्थानमा रहे । दुई समूहको आग्रह बमोजिम सान्त्वनाको प्रतिस्पर्धा नगराई आपसी सहमतिमा दुइ समूहलाई तेश्रोमा राखिएको निर्णायक समितिका संयोजक बरिष्ठ गायक पुरुषोत्तम न्यौपानेले बताए ।

पहिलो, दोश्रो र तेश्रो हुने समूहलाई क्रमश ५ लाख, ४ लाख र ३ लाख पुरस्कार वितरण गरिएको थियो । उक्त प्रतियोगितामा उत्कृष्ट गायक, उत्कृष्ट गायिका तथा अनुशासित गायक र गायिकालाई समेत पुरस्कारको व्यवस्था गरिएको थियो ।

महोत्सवको समापनका दिन लोक सम्राट कुमार बस्नेत, बरिष्ठ लोक गायक बमबहादुर कार्की, बरिष्ठ लोक गायक, संगीतकार तथा निर्देशक नारायण रायमाझी, बरिष्ठ गायिका बिमाकुमारी दुरा, शिला आले, बरिष्ठ गायक शिवनारायण जोशी, मच्छेश्वर सापकोटा, ऋषि अधिकारी, नबिन ढुंगेल, टंक केसी, गीतादेवी लगायत बरिष्ठ कलाकारहरुलाई सम्मानित गरिएको थियो भने गायक गायिकाहरु बद्री पंगेनी, कृष्ण रेउले, महेन्द्र तिमल्सिना, शिरिष देवकोटा, खुमन अधिकारी, अमृत खाती, सरोज लामिछाने, भिमसेन खतिवडा, रामकुमार नेपाली, प्रकाश कटुवाल, प्रतिमा अर्याल,वैकुण्ठ महत लगायतका कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ५ : ४३ बजे

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले