निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने अभिव्यक्ति नदिन आयोगको आग्रह (भिडियोसहित) « Khabarhub

स्थानीय तह निर्वाचन

निर्वाचनका विषयमा अन्यौलता सिर्जना गर्ने अभिव्यक्ति नदिन आयोगको आग्रह (भिडियोसहित)


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– निर्वाचन आयोगले स्थानीय तह निर्वाचनप्रति अन्यौलता सिर्जना गर्ने अभिव्यक्ति नदिन राजनीतिक दलहरूका नेताहरूसँग आग्रह गरेको छ ।

बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले निर्धारित स्थानीय तहको निर्वाचनका सम्बन्धमा संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका जिम्मेवार नेता एवं कार्यकर्ताबाट आएकोमा आयोगको ध्यानाकर्षण भएको भन्दै यस्ता अभिव्यक्ति नदिन आग्रह गरेका हुन् । 

त्यस्तै, आयोगले निर्वाचनका लागि आवश्यक पर्ने १ करोड ९४ लाख थानमध्ये ४९ जिल्लाका लागि ७० लाख ३३ हजार मतपत्र छपाइ भइरहेको जनाएको छ । पौडेलले निर्वाचनमा खटिने मुख्य निर्वाचन अधिकृतलगायतको प्रशिक्षण कार्यक्रम जारी रहेको जानकारी दिए । 

उनले जुन पार्टीको चुनाव चिह्नबाट टिकट पाउने हो, उम्मेद्वार पनि सोहि दलको हुने मान्यता आयोगले राख्ने स्पष्ट पारे ।

त्यस्तै, आयोगले स्थानीय तह निर्वाचनसम्बन्धी सम्पूर्ण गतिविधिबारे जानकारी दिन स्थानीय तह निर्वाचन ई–बुलेटिन प्रकाशन सुरु गर्न लागेको पनि जानकारी दिएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ५ : ३० बजे

के सबै पुरुष ‘बलत्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ