नयाँ वर्षामा राष्ट्रपति भण्डारीद्वारा कलाकारहरु विभूषित | Khabarhub Khabarhub

नयाँ वर्षामा राष्ट्रपति भण्डारीद्वारा कलाकारहरु विभूषित


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- संविधान दिवसको अवसरमा सरकारले विभिन्न क्षेत्रबाट देशका लागि योगदान पुर्‍याउनेहरुलाई मानपदवीबाट हरेक वर्ष विभूषित गर्ने गर्छ । गत वर्ष पनि सरकारले संविधान दिवसको अवसरमा अन्य क्षेत्रसँगै कला क्षेत्रबाट देशलाई योगदान दिएको ठहर गर्दै विभिन्न व्यक्तिलाई सम्मानित गर्ने घोषणा गरेको थियो । सोहि घोषणा अनुरुप राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा रही उत्कृष्ट कार्य गरेवापत मानपदवी प्राप्त गर्ने महानुभावहरूलाई विभूषित गरेकी छन्।

वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा सुकिर्तिमय राष्ट्रदीप मार्फत विभूषित भएका छन् । यस्तै सुप्रबल जनसेवाश्रीबाट गीतकार कालीप्रसाद रिजाल र गौरी मल्ल विभूषित भएका छन् । प्रबल जनसेवाश्रीबाट लोक गायिका विष्णु माझी, कलाकार नवल खड्का, प्रकाश घिमिरे, रमेश बुढाथोकी, दीपाश्री निरौला, हेमन्त बुढाथोकी, दोहोरी गायक चन्द्र प्रसाद शर्मा, दोहोरी गायक कुलेन्द्र विश्वकर्मा, गायिका देविका प्रधान, संगीतकार कस्तुप पन्तलाई विभूषण गरिएको छ ।

अभिनेत्री केकी अधिकारी, अनमोल केसी, गायक प्रकाश सपूत, हेमन्त शर्मालाई भने सरकारले जनसेवाश्री पदकबाट विभूषण गरिएको छ । हास्य कलाकार कमल गाउँले, नृत्यकार महेश प्रकाश हाडा, गायक नविन कुमार पौड्याल, बहिरा कलाकार सुजल बम, नृत्यकार तेरिया फौजा मगर, कलाकार शिव शंकर रिजाल (जोगेन्द्र), राजकुमार राई, मैथली कलाकार रन्जु झालाई पनि यहीं पदकबाट विभूषित गरिएको हो । नेपालको संविधानको धारा २७७ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा विभूषण प्रदान गरिँदै आएको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ७ : १८ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने