स्थानीय चुनाव: काठमाडौँको मेयरमा एमालेबाट पाँच जनाको नाम सिफारिस « Khabarhub

स्थानीय चुनाव: काठमाडौँको मेयरमा एमालेबाट पाँच जनाको नाम सिफारिस


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट पाँच जनाको नाम सिफारिस भएको छ ।

बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा पाँच जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको एक नेताले जानकारी दिए ।

ती नेताकाअनुसार मेयरमा विद्यासुन्दर शाक्य, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त र रामवीर मानन्धरको नाम महानगर कमिटीले सिफारिस गरेको हो ।

शाक्य हालका मेयर हुन् भने स्थापित पूर्वमेयर हुन् । त्यस्तै मानन्धर काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्य र पूर्वराज्यमन्त्री समेत हुन् । पन्त भने एमालेको काठमाडौँ जिल्ला कमिटी सदस्य हुन् ।

जिल्ला कमिटीको सिफारिसमा परेकामध्येबाट स्थायी कमिटीले उम्मेदवार तोक्नेछ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ९ : ०२ बजे

के सबै पुरुष ‘बलत्कारी’ हुन् ?

घरमा पूजा थियो । टाढा-टाढाका पाहुना आएका थिए । वर्षौवर्ष

पदयात्रीले पथप्रदर्शक लिएर जानुपर्ने व्यवस्था

काठमाडौँ– सरकारले देशका विभिन्न १३ जिल्लामा तोकिएबमोजिम निषेधित क्षेत्रमा पदयात्रामा

जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सुरु

बैतडी– जिल्ला अस्पताल बैतडीमा हाडजोर्नीको जटिल शल्यक्रिया सेवा सुरु भएको

मौसम बदलीले अन्नबाली नष्ट हुन थालेपछि किसान चिन्तित

कैलाली– कैलालीमा पछिल्लो केही दिनयता मौसममा आएको फेरबदलले अन्नबाली नष्ट

मिथिला क्षेत्रमा आज अस्ताउँदो सूर्यलाई अर्घ दिएर चैती छठ मनाइँदै

महोत्तरी– महोत्तरीसहित सम्पूर्ण मिथिला क्षेत्रमा आज साँझ अस्ताउँदो सूर्यलाई अर्घ