स्थानीय चुनाव: काठमाडौँको मेयरमा एमालेबाट पाँच जनाको नाम सिफारिस « Khabarhub

स्थानीय चुनाव: काठमाडौँको मेयरमा एमालेबाट पाँच जनाको नाम सिफारिस


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– स्थानीय तह निर्वाचनका लागि काठमाडौँ महानगरपालिकाको मेयरका लागि नेकपा एमालेबाट पाँच जनाको नाम सिफारिस भएको छ ।

बिहीबार बसेको महानगर कमिटीको बैठकले मेयरमा पाँच जनाको नाम जिल्ला कमिटीमा सिफारिस गरेको एक नेताले जानकारी दिए ।

ती नेताकाअनुसार मेयरमा विद्यासुन्दर शाक्य, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त र रामवीर मानन्धरको नाम महानगर कमिटीले सिफारिस गरेको हो ।

शाक्य हालका मेयर हुन् भने स्थापित पूर्वमेयर हुन् । त्यस्तै मानन्धर काठमाडौँ क्षेत्र नम्बर ७ बाट प्रतिनिधिसभा सदस्य र पूर्वराज्यमन्त्री समेत हुन् । पन्त भने एमालेको काठमाडौँ जिल्ला कमिटी सदस्य हुन् ।

जिल्ला कमिटीको सिफारिसमा परेकामध्येबाट स्थायी कमिटीले उम्मेदवार तोक्नेछ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  ९ : ०२ बजे

गगनलाई भावी प्रधानमन्त्रीमा अघि सारेपछि पौडेलले भने- परिवर्तनको यात्रामा सहकार्य गरौँ

काठमाडौं- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा सहकार्य

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले