मोरङको बेलबारीमा छोराबाट बुवाको हत्या « Khabarhub

मोरङको बेलबारीमा छोराबाट बुवाको हत्या


१ बैशाख २०७९, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मोरङ– मोरङको बेलबारीमा छोराले बुवाको हत्या गरेका छन् ।

बिहीबार बेलबारी नगरपालिका–७ काफ्ले टोलमा ३१ वर्षीय वासुदेव कार्कीले ६२ वर्षीय बुवा जयबहादुर कार्कीको हत्या गरेका हुन् ।

सम्पत्ति अंशसम्बन्धी विवाद उग्र रूप लिएपछि यो घटना भएको हो ।

अंशलाई लिएर बुवा, आमा र भाइ तीर्थराजसँग वासुदेवको विवाद भएको थियो । बुवा जयबहादुरले छोरीलाई जग्गा बेचेको विषयमा विवाद भएको हो । वासुदेव र तीर्थराजबीचको झगडा मिलाउन पुगेका जयबहादुरलाई ढुंगामा पछारिएको थियो ।

वासुदेवलाई प्रहरीले पक्राउ गरेको छ ।

प्रकाशित मिति : १ बैशाख २०७९, बिहीबार  १० : ५९ बजे

देश परिवर्तनको यात्रामा सहकार्य गराैँ : महामन्त्री पौडेल

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले देश परिवर्तनको यात्रामा

निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न हुनुपर्छः राष्ट्रपति पौडेल

काठमाडौँ– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी निर्वाचन निष्पक्ष, स्वतन्त्र र भयरहित

अहिलेको प्रमुख दायित्व निर्वाचन सुरक्षाः आईजीपी अर्याल

काठमाडौँ- सशस्त्र प्रहरी बल, नेपालका महानिरीक्षक राजु अर्यालले अहिलेको प्रमुख

‘निर्वाचनमा एक थोपो रगत बग्नु भएन, कोही घाइते हुनु भएन’

काठमाडौँ –प्रधानमन्त्री सुशीला कार्कीले मुलुकमा दिगो स्थायित्व कायम गर्न सरकारले

आइएसका उच्च सदस्यसहित कुख्यात युरोपेली अपराधीलाई सिरियाबाट इराकमा स्थान्तरण

बग्दाद – यो हप्ता सिरियाबाट इराकमा स्थानान्तरण गरिएको इस्लामिक स्टेट