गोकर्णेश्वरमा मतगणना सुरु : काँग्रेसको अग्रता | Khabarhub Khabarhub

गोकर्णेश्वरमा मतगणना सुरु : काँग्रेसको अग्रता


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गोकर्णेश्वर नगरपालिकामा शुक्रबार रातिदेखि नै स्थानीय तहका जनप्रतिनिधिको मतगणना सुरु भएको छ। नगरपालिकाको वडा नं १ बाट मतगणना सुरु भएको नगर निर्वाचन अधिकृत रञ्जु गौतमले जानकारी दिए । बिहानसम्म वडा नं १ को ८०० मतगणना सकिएको उनको भनाइ छ ।

प्रारम्भिक मत परिणामअनुसार नगर प्रमुख र उपप्रमुखमा नेपाली कांग्रेस र वडाध्यक्षमा नेकपा एमालेका उम्मेदवारले नेतृत्व लिएका छन् ।

नगरपालिकामा कूल ३३ हजार ९८९ मतदाता सङ्ख्या रहेको छ । ती मध्ये २४ हजार २४२ मत खसेको थियो। यो कूल मतदाता सङ्ख्याको ७१.३२ प्रतिशत हो । नगरपालिकामा यसअघि नेपाली कांग्रेसले नगर प्रमुख, उपप्रमुखसहित छ वटा वडामा विजयी हासिल गरेको थियो ।

शुक्रबार भएको मतदानमा वडा नं १ दुई हजार ६७५, वडा नं २ मा दुई हजार २००, वडा नं ३ तीन हजार ३१, वडा नं ४ मा तीन हजार १५९, वडा नं ५ मा तीन हजार ८७७, वडा नं ६ मा तीन हजार ६८६, वडा नं ७ मा एक हजार ३५१, वडा नं ८ मा तीन हजार १५६ र वडा नं ९ मा एक हजार १८८ मत खसेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : २७ बजे

सरकारले अग्निपीडितलाई अस्थायी आवासको व्यवस्था गर्दै

काठमाडौं– सरकारले अग्निपीडितका लागि अस्थायी आवास निर्माण प्रक्रिया अघि बढाएको

अमेरिकी डिभीको नतिजा आज आउँदै, यसरी सकिन्छ हेर्न

काठमाडौं– अमेरिकी डाइभर्सिटी भिसा  (डिभी) २०२५ को नतिजा आज आउँदै

जापानी विदेशमन्त्री योको आइतबार नेपाल आउँदै

काठमाडौं– जापानी विदेशमन्त्री योको कामिकावा एक दिने भ्रमणका लागि आइतबार

सिरिज गुमाएको नेपाल वेस्ट इन्डिजविरुद्ध आज अन्तिम खेल खेल्दै

काठमाडौं – वेष्ट इन्डिज ‘ए’ विरुद्ध पाँच खेलको टी–२० सिरिज

डढेलो निभाउन सिम्रिक एयरले सघाउने

काठमाडौँ– निजी क्षेत्रको हेलिकप्टर कम्पनी सिम्रिक एयरले देशका विभिन्न भागका