तनहुँमा मतगणना सुरु | Khabarhub Khabarhub

तनहुँमा मतगणना सुरु


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदान सकिएपछि तनहुँमा मतगणना सुरु भएको छ। जिल्लाका तीन पालिकामा शुक्रबार राति र एक पालिकामा शनिबार बिहानदेखि मतगणना सुरु भएको हो।

बन्दीपुर , म्याग्दे र घिरिङ गाउँपालिकामा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको छ भने भिमाद नगरपालिकामा आज बिहानदेखि मतगणना सुरु भएको छ। अन्य पालिकामा पनि मतगणना सुरु गर्ने तयारी छ।

व्यास नगरपालिकामा भने मतगणनामा अन्यौल भएको छ। व्यास–८ रिस्ती मतदान केन्द्रमा विवाद भएपछि नेकपा ९एमाले० र गोविन्दराज जोशी समूहले पुनःमतदान गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन्।

स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा ६४ प्रतिशत मत खसेको छ। जिल्लाका दशवटै पालिकाका २९७ मतदान केन्द्रमा भएको मतदानमा ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।

देवघाट गाउँपालिकाका १२ हजार ८१५ मध्ये आठ हजार ८६६ मत खसेको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो। म्याग्दे गाउँपालिकामा १८ हजार १०५ मतदातामध्ये ११ हजार ९४३ मत खसेको छ। घिरिङ गाउँपालिकामा १४ हजार ६७६ मतदातामध्ये आठ हजार ७१६ मत खसेको निर्वाचन अधिकृत कीर्तनराज पौडेलले जानकारी दिए।

आँबुखैरेनी गाउँपालिकामा १३ हजार ६३१ मतदातामध्ये नौ हजार २७९ मत खसेको निर्वाचन अधिकृत चिरञ्जीवी पौडेलले जानकारी दिए। त्यस्तै बन्दीपुर गाउँपालिकामा १५ हजार ६३८ मतदातामध्ये १० हजार १९५ मत खसेको छ। ऋषिङ गाउँपालिकामा १८ हजार २३८ मध्ये १० हजार ६६२ मत खसेको छ।

चार नगरपालिकाबाट प्रमुख र उपप्रमुख गरी आठ जना निर्वाचित हुनेछन्। छ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १२ जना निर्वाचित हुनेछन्। त्यस्तै ८५ वडाबाट एक अध्यक्ष र चार सदस्य गरी ४२५ निर्वाचित हुनेछन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ४७ बजे

विद्यालय शिक्षाको अधिकार स्थानीय तहमा रहनेछ : मन्त्री पन्त

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले विद्यालय शिक्षाको

नागढुङ्गा दुर्घटनाका घाइतेको एपीएफ अस्पतालमा उपचार

काठमाडौं–  काठमाडौँको चन्द्रागिरि नगरपालिका–२ नागढुङ्गा नजिकै घुमाउने पसल अगाडि दुर्घटना

सम्पादकहरूको विज्ञप्ति : प्रहरी परिचालन गरेर पत्रकार पक्राउ गर्न खोज्नु खेदजनक

काठमाडौँ – नेपालको प्रमुख सञ्चारमाध्यमका सम्पादकहरूले प्रहरी परिचालन गरेर पत्रकार

संसद् सचिवालयको सचिवमा दुराको बढुवा

काठमाडौं– सङ्घीय संसद् सचिवालयको रिक्त सचिवालय सचिवमा सुरजकुमार दुराको बढुवा

ग्वार्को फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न

काठमाडौं– ललितपुरको ग्वार्कोस्थित फ्लाइ ओभरको मुख्य संरचना निर्माण सम्पन्न भएको