तनहुँमा मतगणना सुरु « Khabarhub

तनहुँमा मतगणना सुरु


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदान सकिएपछि तनहुँमा मतगणना सुरु भएको छ। जिल्लाका तीन पालिकामा शुक्रबार राति र एक पालिकामा शनिबार बिहानदेखि मतगणना सुरु भएको हो।

बन्दीपुर , म्याग्दे र घिरिङ गाउँपालिकामा शुक्रबार रातिदेखि नै मतगणना सुरु भएको छ भने भिमाद नगरपालिकामा आज बिहानदेखि मतगणना सुरु भएको छ। अन्य पालिकामा पनि मतगणना सुरु गर्ने तयारी छ।

व्यास नगरपालिकामा भने मतगणनामा अन्यौल भएको छ। व्यास–८ रिस्ती मतदान केन्द्रमा विवाद भएपछि नेकपा ९एमाले० र गोविन्दराज जोशी समूहले पुनःमतदान गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन्।

स्थानीय तह निर्वाचनअन्तर्गत तनहुँमा ६४ प्रतिशत मत खसेको छ। जिल्लाका दशवटै पालिकाका २९७ मतदान केन्द्रमा भएको मतदानमा ६४ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय तनहुँले जनाएको छ।

देवघाट गाउँपालिकाका १२ हजार ८१५ मध्ये आठ हजार ८६६ मत खसेको निर्वाचन अधिकृत थमनसिंह थापाले जानकारी दिनुभयो। म्याग्दे गाउँपालिकामा १८ हजार १०५ मतदातामध्ये ११ हजार ९४३ मत खसेको छ। घिरिङ गाउँपालिकामा १४ हजार ६७६ मतदातामध्ये आठ हजार ७१६ मत खसेको निर्वाचन अधिकृत कीर्तनराज पौडेलले जानकारी दिए।

आँबुखैरेनी गाउँपालिकामा १३ हजार ६३१ मतदातामध्ये नौ हजार २७९ मत खसेको निर्वाचन अधिकृत चिरञ्जीवी पौडेलले जानकारी दिए। त्यस्तै बन्दीपुर गाउँपालिकामा १५ हजार ६३८ मतदातामध्ये १० हजार १९५ मत खसेको छ। ऋषिङ गाउँपालिकामा १८ हजार २३८ मध्ये १० हजार ६६२ मत खसेको छ।

चार नगरपालिकाबाट प्रमुख र उपप्रमुख गरी आठ जना निर्वाचित हुनेछन्। छ गाउँपालिकाबाट अध्यक्ष र उपाध्यक्ष गरी १२ जना निर्वाचित हुनेछन्। त्यस्तै ८५ वडाबाट एक अध्यक्ष र चार सदस्य गरी ४२५ निर्वाचित हुनेछन्।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ७ : ४७ बजे

खण्डहरमा परिणत भृकुटी कागज कारखाना (तस्बिरहरू)

नवलपरासी– कुनै समय नेपालको कागज उत्पादनमा आत्मनिर्भरताको आधार मानिएको भृकुटी

काठमाडौँको बुद्धनगरमा एक पुरुषबाट आत्मदाहको प्रयास, वीर अस्पतालमा उपचार जारी

काठमाडौँ– काठमाडौँको बुद्धनगरमा एक पुरुषले आत्मदाहको प्रयास गरेका छन् ।

अनुदान र प्रविधिको साथले चुलाचुलीमा व्यावसायिक मकैखेती

इलाम– केही वर्षअघिसम्म इलामको चुलाचुली गाउँपालिका–४ का अशोक राईका लागि

विपदका घटनासम्बन्धी हटलाइन नम्बर १२३४ सबै जिल्लामा विस्तार

काठमाडौँ– विपदसम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो,

मुदी–गुर्जा–जलजला पदमार्ग सञ्चालनको तयारी

म्याग्दी– प्राकृतिक, सांस्कृतिक र साहसिक पर्यटनलाई नयाँ आयाम दिने उद्देश्यका