मुस्ताङको लोघेकर दामोदरकुण्डको उपाध्यक्षमा पनि एमाले विजयी « Khabarhub

मुस्ताङको लोघेकर दामोदरकुण्डको उपाध्यक्षमा पनि एमाले विजयी


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुस्ताङ – मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।

चराङस्थित मतदान अधिकृतको कार्यालयमा अहिले बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा एमालेका लोप्साङ छोम्पेल (राजु) विष्ट र उपाध्यक्षमा सोही पार्टीका छिरिङ ल्हामो गुरुङ विजयी भएका हुन् ।

नवनिर्वाचित अध्यक्ष विष्टले ६८९ र उपाध्यक्ष गुरुङले ६४१ मत प्राप्त गरेको निर्वाचन अधिकृत नेपालहरि रानाभाटले बताए । उनका अनुसार अध्यक्षमा नेकपा (एकीकृत समाजवादी)का देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा नेपाली कांग्रेसकी लक्ष्मी गुरुङले २२५ मत पाए । कांग्रेस र एकीकृत समाजवादीले तालमेल गरेका थिए ।

लोघेकर दामोदरकुण्ड –१ को वडाध्यक्षमा एमालेका टसीढिण्डु ठकुरी, वडा नं ३ को वडाध्यक्षमा एमालेकै झियान तिजिन गुरुङ, ४ नम्बर वडाध्यक्षमा सोही पार्टी झियानछुसाङ गुरुङ निर्विरोध भएका थिए ।

पाँच वडा रहेको लोघेकर दामोदरकुण्डमा एक हजार ४६२ मतदातामध्ये ९८० अर्थात ६७.०३ प्रतिशत मत खसेको थियो । अध्यक्ष विष्ट दोस्रो कार्यकालका लागि अध्यक्षमा निर्वाचित भएका हुन् । उपाध्यक्षमा निर्वाचित गुरुङ जिल्ला समन्वय समितिको प्रमुख थिए ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ०२ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले