फाइल फोटो

समाचार

प्रधानमन्त्रीको गृह पालिकामा कांग्रेसको अग्रता र कांग्रेस बीपी पछाडिपछाडि

By खबरहब

May 14, 2022

काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाको गृह नगर डडेलधुराको गन्यापधुरा गाउँपालिकामा कांग्रेसले अग्रता लिएको छ । कांग्रेसलाई कांग्रेस (बीपी)ले पछ्याइरहेको छ ।

गन्यापधुरामा कांग्रेसका अध्यक्ष उम्मेदवार ईन्द्रबहादुर कार्कीले पाँच सय मत ल्याएका छन् भने उपाध्यक्षमा कांग्रेसकै ज्ञानुकुमारी सेटीले ४ सय ५२ मत ल्याएकी छन् ।

उनीहरुलाई पछ्याउँदै कांग्रेस (बीपी)का अध्यक्ष उम्मेदवार सुरेन्द्रबहादुर मालीले २ सय ७६ मत ल्याएका छन् । उपाध्यक्षमा भने एमालेका ईन्द्रबहादुर महराले २ सय ७५ मत ल्याएर दोस्रो स्थानमा छन् ।

माओवादी केन्द्रका उपाध्यक्ष उम्मेदवार चन्द्रबहादुर मल्लले १ सय ४० मत ल्याएर तेस्रो स्थानमा छन् ।