काठमाडौँ महानगरको मतगणना सुरु हुँदै « Khabarhub

काठमाडौँ महानगरको मतगणना सुरु हुँदै



काठमाडौँ – काठमाडौँ महानगरको मतगणना केहीबेरमा सुरु हुँदैछ । आज बिहान सर्वपक्षीय बैठक बसेपछि मतगणना सुरु गर्न लागिएको हो ।

मत गणना वडा नम्बर १ बाट माथि र वडा नम्बर ३२ बाट तल गरिँदै छ। स्थानीय तह निर्वाचनमा काठमाडौँको मेयरका लागि ५५ जना चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना गरिनेछ। कार्यालयले अहिले मतगणनाका लागि दलका प्रतिनिधिलाई परिचयपत्र वितरण गरिरहेको र सोपश्चात् मतगणना सुरु गर्ने निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठले जानकारी दिएका छन् । सुरुआती चरणमा एक ठाउँबाट गणना गर्ने तयारी गरिएको र केहीबेरमा गणनास्थल थप गरिने उनले बताए।

वडा नम्बर २४ र २५ मा दलित महिला सदस्य पदमा उम्मेदवारी परेन भने वडा १८, २२, २३ र २७ बाट दलित महिला सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

काठमाडौँ महानगरका १५६ मतदान स्थलका ३६३ मतदान केन्द्रबाट शुक्रबार मतदान भएको थियो । यहाँ ३ लाख २४२ मतदाता छन् ।शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  ८ : ५९ बजे

सुरक्षाकर्मीलाई हाइअलर्ट बस्न निर्देशन

काठमाडौँ – मन्त्रिपरिषद्ले जेनजी आन्दोलन जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयनमा लैजाने

कार्की आयोगको प्रतिवेदन कार्यान्वयन नगर्न सरकारलाई एमालेका २३ भ्रातृ संगठनको चेतावनी

काठमाडौँ – नेकपा एमालेका २३ भ्रातृ संस्थाले संयुक्त वक्तव्य जारी

यस्तो बन्यो बालेनको सचिवालय टिम

काठमाडौं – प्रधानमन्त्री बालेन्द्र शाहको प्रमुख सल्लाहकारमा कुमार बेन नियुक्त

ओली र लेखकलाई पक्राउ गर्नेबारे छलफलमा गृहमन्त्री गुरुङ

काठमाडौँ- भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा जिम्मेवारपूर्ण भूमिका

निजी छाडेर सामुदायिकमा विद्यार्थी, नमुना बन्दै पडरिया मावि

सिरहा – लहान नगरपालिका–१२ पडरिया थारुटोलस्थित ‘माध्यमिक विद्यालय पडरिया’ थारुटोलले