काठमाडौं महानगरको मतगणना सुरु: वडा नम्बर १ र ३२ का बाकस खोलियो « Khabarhub

काठमाडौं महानगरको मतगणना सुरु: वडा नम्बर १ र ३२ का बाकस खोलियो


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – काठमाडौँ महानगरको मतगणना सुरु भएको छ। सर्वपक्षीय बैठक बसेपछि मतगणना सुरु भएको हो ।

सुरुमा मतगणनाका लागि वडा नम्बर १ बाट र वडा नम्बर ३२का बाकस खोलिएको छ । स्थानीय तह निर्वाचनमा काठमाडौँको मेयरका लागि ५५ जना चुनावी प्रतिस्पर्धामा छन् ।

निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा मतगणना सुरु भएको हो । निर्वाचन अधिकृत प्रेमकुमार श्रेष्ठका अनुसार वडा नम्बर १ र ३२ बाट गणना सुरु भएको हो । केहीबेरमा गणनास्थल थप गरिने उनले बताए।

काठमाडौँ महानगरका १५६ मतदान स्थलका ३६३ मतदान केन्द्रबाट शुक्रबार मतदान भएको थियो । यहाँ ३ लाख २४२ मतदाता छन् ।शुक्रबार सम्पन्न निर्वाचनमा महानगर क्षेत्रमा ६३.४९ प्रतिशत मत खसेको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : ०२ बजे

अमेरिकी–इजरायल आक्रमणमा इरानका सर्वाेच्च नेता खामेनेईकी पत्नीको पनि मृत्यु

तेहरान-इरानको सरकारी मिडियाले दिवंगत सर्वोच्च नेता अयातुल्ला अली खामेनेईकी पत्नी

निर्वाचनका कर्मचारी चढेको गाडी दुर्घटना, मतदान अधिकृत र प्रहरीका असईको मृत्यु

काठमाडौँ- रामेछापममा निर्वाचनका कर्मचारी र सामग्री बोकेको गाडी दुर्घटना हुँदा

आजका समाचार : मध्यरातिदेखि मौन अवधि, मतदाता तान्ने दलहरूको अन्तिम प्रयास, चुनावले पहाडको होली खल्लो र मध्यपूर्वमा ज्यान गुमाउने ६ सय नाघे

मध्यपूर्वको तनावप्रति सरकार गम्भीर, प्रधानमन्त्रीले भनिन्स् आकस्मिक परिस्थितिका लागि कदम

बागलुङमा दुई हजार ३६८ अस्थायी मतदाता र दुई अस्थायी मतदान केन्द्र

ढोरपाटन– बागलुङमा आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि दुई हजार ३६८

मतदानपछि मतपेटिका खोल्नु अघि राष्ट्रिय सम्वाद आवश्यक : कांग्रेस

काठमाडौँ – नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचन केवल सरकार परिवर्तन