स्थानीय चुनावमा सहयोग गर्ने सबैलाई गृहमन्त्रीको धन्यवाद « Khabarhub

स्थानीय चुनावमा सहयोग गर्ने सबैलाई गृहमन्त्रीको धन्यवाद


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गृहमन्त्री बालकृष्ण खाणले सीमित स्रोतसाधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकैपटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा सरोकारवाला निकायका प्रमुखलाई धन्यवाद दिएका छन्।

गृहमन्त्री खाणले सबै सुरक्षा निकायका प्रमुख, गृह प्रशासन, निर्वाचन आयोग र मुख्य निर्वाचन अधिकृत भएर खटिएका जिल्ला न्यायाधीश र निर्वाचन अधिकृतलाई सीमित स्रोतसाधन उपयोग गरेर एकै चरणमा निर्वाचन सम्पन्न गर्न महत्वपूर्ण भूमिका निभाएकामा धन्यवाद दिएका हुन्।

गृहमन्त्री खाणले शनिबार बिहान प्रमुख निर्वाचन आयुक्त दिनेशचन्द्र थपलिया, प्रधानसेनापति प्रभुराम शर्मा, गृहसचिव टेकनारायण पाण्डे, निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडी, नेपाल प्रहरीका महानिरीक्षक धीरजप्रताप सिंह, सशस्त्र प्रहरी बलका महानिरीक्षक राजु अर्याल र राष्ट्रिय अनुसन्धान विभागका प्रमुख यदुलाल खरेललाई टेलिफोन गरेर छिटफुट घटनाबाहेक मुलुकभर स्थानीय तह निर्वाचन एकैपटक सम्पन्न गरेकामा धन्यवाद दिएका हुन्।

“सीमित स्रोतसाधनको उपयोग गरेर नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरीका अधिकृत र जवानले दृढता र प्रतिबद्धतासाथ आफ्नो जिम्मेवारी पूरा गर्नुभएको छ”, गृहमन्त्री खाणले टेलिफोनमा भने, “मुख्य निर्वाचन अधिकृत भएर खटिनुभएका जिल्ला न्यायाधीश र निर्वाचन अधिकृतले आफ्नो महत्वपूर्ण कार्यभार सम्पन्न भएको छ।’

म्यादी प्रहरीले झन प्रतिबद्ध भएर फ्रन्ट लाइनमा बसेर आफ्नो जिम्मेवारी पूरा गरेको भन्दै उनले खुशी व्यक्त गरेका छन्। एकैपटक स्थानीय तह निर्वाचन सम्पन्न गर्ने चुनौतीपूर्ण काम सबैको दृढता र प्रतिबद्धताका कारण सम्पन्न भएको गृहमन्त्री खाणले बताएका छन्।

गृहसचिव पाण्डेले गृहमन्त्री खाणले सरकारको निर्णयबमोजिम सीमित स्रोत साधनबीच एकै चरणमा स्थानीय तह निर्वाचन सम्पन्न गरेकामा धन्यवाद व्यक्त गरेको जानकारी दिनुभयो।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालले एकैपटक स्थानीय तह निर्वाचन सम्पन्न गर्न सीमित स्रोत साधनबीच सुरक्षा व्यवस्था मिलाएकामा धन्यवाद दिएको उल्लेख गरे।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १० : ४५ बजे

नेपाल–चीन सहकार्यको केन्द्रमा जलवायु र पर्यावरण

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले नेपाल–चीन सम्बन्धलाई परम्परागत सीमा व्यवस्थापनको दायराबाट

खुला पहुँच कार्यान्वयनका लागि दुई नयाँ निर्देशिकाको मस्यौदा सार्वजनिक

काठमाडौं – विद्युत् नियमन आयोगले विद्युत् प्रसारण तथा वितरण प्रणालीमा

स्रोत नखुलेको रकमसहित भारतीय नागरिक पक्राउ

वीरगञ्ज- स्रोत नखुलेको भारतीय मुद्रासहित यहाँ एक जना पक्राउ परेका

नापजाँच सकिएको ५ वर्षपछि धनुषाका ३८५ परिवारले पाए लालपुर्जा

काठमाडौं– नापि कार्यालय धनुषाले  नाप जाँच भएको करिब ५ वर्षपछि

नेपाललाई समावेशी पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नुपर्नेमा जोड

 काठमाडौं- बेलायती सञ्चारकर्मी, ट्राभल लेखिका तथा अपाङ्गता अधिकार अभियन्ता सोफी मोर्गनले