सलमानले सुरु गरे ‘कभी इद कभी दिवाली’ « Khabarhub

सलमानले सुरु गरे ‘कभी इद कभी दिवाली’


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– बलिउडमा अभिनेता सलमान खानले ‘कभी इद कभी दिवाली’ फिल्मको छायांकन सुरु गरेका छन् ।

मुम्बईमा भव्य सेट लगाएर फिल्मको छायांकन सुरु गरिएको बताइएको छ । फिल्मको छायांकन सुरु भएसँगै सलमानले आफ्नो लुक्सको बारेमा फ्यानहरुलाई जानकारी दिएका छन् । फिल्ममा उनको लामो कपाल हुनेछ । उनले सामाजिक सञ्जाल मार्फत सार्वजनिक गरेको तस्बिरमा लामो कपालमा कालो चस्मा सहित कालै कपडामा छन् ।

फिल्ममा उनलाई एक्सन र कमेडी सहित रोमान्टिक अवतारमा देख्न पाइने छ । फिल्मको यो सेड्युल झन्डै १० दिनको हुनेछ । फिल्मको निर्देशन फरहाद सामजीले गरिरहेका छन् । केही समय अगाडि फिल्मलाई सलमान आफैले निर्देशन गर्न सक्ने चर्चा पनि चलेको थियो ।

यद्यपि सलमानले अभिनयमै फोकस गर्ने योजना बनाए । फिल्ममा सलमानको को-स्टार पुजा हेग्डे छिन् ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  १ : ३४ बजे

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको

अनलाइन ठेक्का प्रणाली ह्याक गर्ने ६ जना पक्राउ

काठमाडौँ- सार्वजनिक खरिद प्रणाली (ई-गभर्मेन्ट प्रोक्यरमेन्ट सिस्टम) ह्याक गरी ठेक्काका

ललितपुरमा दुई युवामाथि चक्कु प्रहार

काठमाडौं- ललितपुरको कृष्ण मन्दिरमा दुई युवामाथि चक्कु प्रहार भएको छ