ओटीटीमा आयो ‘द कश्मीर फाइल्स’ « Khabarhub

ओटीटीमा आयो ‘द कश्मीर फाइल्स’


३१ बैशाख २०७९, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– फिल्म ‘द कश्मीर फाइल्स’ को चर्चा अझै सेलाएको छैन । फिल्मले उठान गरेको विषयवस्तु, फिल्मको बक्स अफिस कलेक्सन, फिल्मलाई ट्याक्स फ्री लगायतका विविध कुराहरुले यसलाई चर्चामा ल्याएको हो ।

हिन्दी भाषामा मात्र रिलिज भएको फिल्मले राम्रो व्यापार गरेपछि दर्शकको आकर्षण बढेसँगै फिल्म अन्य भाषामा पनि स्वरांकन भएर फिल्म ओटीटीमा रिलिज हुने भएको छ ।

हलमा हिन्दीमा प्रदर्शन भएको फिल्म ओटीटी प्रदायक जी फाइभमा तमिल, तेलेगु, कन्नडा भाषामा पनि रिलिज भएको छ । फिल्मलाई ओटीटीमा मे १३ बाट स्ट्रिमिङ भएको हो । निर्देशक विवेक अग्निहोत्री नेक्स्ट प्रोजेक्ट ‘दिल्ली फाइल्स’ मा लगेपछि ‘द कश्मीर फाइल्स’ लाई ओटीटी रिलिज गरिएको हो ।

कश्मीरमा मुस्लिम पृथकतावादीले सन् १९९० को दशकमा चलाएको कश्मीर पण्डित सफाया नामक हिंसामाथि बनेको फिल्मलाई लिएर अहिले भारतमा चर्चा छ । यसमा छलफल बढेसँगै फिल्म हेर्नेको सङ्ख्या पनि बढ्दो छ ।

विवेक अग्निहोत्रीद्वारा लिखित र निर्देशित फिल्ममा अनुपम खेर, मिथुन चक्रवर्ती, पल्लवी जोशी र दर्शन कुमारको अभिनय छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७९, शनिबार  २ : ५७ बजे

मन्त्रीलाई भेट्न जनता आउने हैन, जनता भेट्न मन्त्री जानुपर्छ : भूमिमन्त्री

चितवन– भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा

अर्घाखाँचीको मौलिक पहिचान सराये नाच

अर्घाखाँची– हातमा तरवार र खुडा, पञ्चेबाजाको गुञ्जायमान ताल अनि ‘वाख्यै

उत्तरगयाका बाढी प्रभावितलाई होल्डिङ सेन्टरमै नागरिकताको प्रतिलिपि दिइँदै

रसुवा– नुवाकोटमा अस्थायी रुपमा बसोबास गर्दै आएका रसुवाको उत्तरगया गाउँपालिकाका

तीन वर्षमा आठ प्रमुख शहरमा क्रिकेट रंगशाला निर्माण हुन्छ : मन्त्री लम्साल

काठमाडौँ– भौतिक पूर्वाधार तथा यातायात मन्त्री सुनिल लम्सालले मुलुकका आठ

बबरमहलको आकाशे पुल सञ्चालनमा ल्याइँदै

काठमाडौँ– काठमाडौँको बबरमहलस्थित निर्माणाधीन आकाशे पुल यसै हप्ताभित्र सञ्चालनमा आउने